Advertisement
ताजा खबर
मोइनको अर्धशतकमा जनकपुरको पहिलो जित, काठमाण्डु ८ विकेटले पराजित पर्यटक भिसामा नेपाल आएर धर्म प्रचार गरेको आरोपमा १० विदेशी नागरिक पक्राउ महोत्तरीको सोनमा–५ खैरबनीमा ठूलो सडक दुर्घटना, दुर्घटनाको कारणबारे प्रश्न एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने सोनमा गाउँपालिकामा रास्वपाद्वारा दीपावली तथा छठको शुभकामना आदानप्रदान: सद्भाव र एकतामा जोड सोनमा गाउँपालिकामा विजया दशमी, दीपावली, छठ र सामाचकेवा पर्वको अवसरमा शुभकामना आदान-प्रदान सम्पन्न जनकपुरधाममा पत्रकार ध्रुव झामाथि कुटपिट, घटनाको निन्दा महोत्तरीमा एमाले रामगोपालपुर नगर कमिटीद्वारा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न दुई विमान हावामै ठोक्किए, चारै पाइलटको मृत्यु सोनमा गाउँपालिकामा रास्वपाबाट डा. अशोक कुमार यादवको चर्चा चुलिँदै

☰

मधेशमा उपभोक्ता समितिबाट काम गराउने संकल्प प्रस्ताव बहुमतले पारित

प्रतिक्षा खबर
२०८१ माघ ६, आईतवार २०:३०

६ माघ, जनकपुरधाम। मधेश सरकारको चालु आर्थिक वर्ष २०८१/०८२ को बजेट वक्तव्यको १४७ नम्बर बुँदा संशोधन गर्न प्रदेशसभामा संकल्प प्रस्ताव पारित भएको छ । मत विभाजन मार्फत संकल्प प्रस्ताव बहुमतले पारित भएको हो ।

प्रस्तावको पक्षमा ४३ र विपक्षमा १६ मत परेको छ । सभामुख रामचन्द्र मण्डलले उपस्थित संख्याको बहुमत प्रस्तावको पक्षमा परेकोले पारित भएको घोषणा गरे । १०७ प्रदेश सांसद मध्ये ५९ जना उपस्थित थिए ।

उपभोक्ता समितिबाट काम गराउन बाधक रहेको बजेट वक्तव्यको १४७ नम्बर बुँदाको बाधा फुकाउन सत्ता पक्षबाट लोसपाकी सांसद रुपाकुमारी यादवले संकल्प प्रस्ताव आज सदनमा पेश गरेकी थिइन् । जसको समर्थकमा नेकपा एमालेबाट पल्टी देवी महरा, काँग्रेसबाट अञ्जना पण्डित, जनमतबाट हसिना खातुन, एकीकृत समाजवादीबाट रत्नेश्वर गोइत र राप्रपाबाट कञ्चन विच्छा छन् । यद्यपि, प्रस्ताव दर्ताको बेला समर्थक बनेको नेकपा एकीकृत समाजवादी आज विपक्षमा थियो ।

चालु आर्थिक वर्षको बजेट वक्तव्यको १४७ नम्बर बुँदामा खुल्ला प्रतिस्पर्धाबाट काम गराउने उल्लेख छ । चालु आर्थिक वर्षमा यो बुँदाले जनमत नेतृत्वको मधेश सरकारको कामकाज नै ठप्प भएपछि पछाडि हटेर सत्ता गठबन्धन संकल्प प्रस्ताव सदनमा लगेको थियो ।

प्रस्तावको छलफलमा सत्ता पक्ष र प्रतिपक्षका सांसदहरुले बचाउ र विरोधमा धारणा राखेका छन् । सत्ताको नेतृत्व गरेको जनमत, सत्ता घटक एमाले, कांग्रेस, लोसपासँगै विपक्षी दल राप्रपाका सांसदहरुले प्रस्तावको पक्षमा मतदान गरेका छन्। प्रमुख प्रतिपक्षी जसपा नेपाल, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले प्रस्तावको विपक्षमा मत दिएको थियो ।

गत पुस २९ गते संकल्प प्रस्ताव सदनमा दर्ता भएको थियो। संकल्प प्रस्तावमा ५० लाखसम्मका योजना उपभोक्ता समितिबाट र माथिका योजना खुल्ला प्रतिस्पर्धाबाट गर्ने उल्लेख छ । यस्तै जोडिएका दुईवटा योजना सम्बन्धित मन्त्रालयको निर्णयबाट कार्यान्वयन गर्न सकिने उल्लेख छ ।

विगतमा हुने योजना खरिदविक्री रोक्न वर्तमान सतिश सिंह नेतृत्वको सरकारले नै बजेट वक्तव्यमा खुल्ला प्रतिस्पर्धा मार्फत काम गराउने प्रावधान ल्याएका थिए । तर, यस प्रावधानले चालु आर्थिक वर्षको ६ महिनामा मधेश सरकारको काम नै ठप्प भएपछि प्रश्न उठ्ने गरेको छ ।

सुरुमा यो बुँदा कार्यान्वयन गराउन दृढ देखिएको जनमत नेतृत्वको सरकार पछाडि हटेर उपभोक्ता समितिबाट काम गराउन बाटो खोल्ने प्रयास गरेको हो ।

गत पुस २६ गते मुख्यमन्त्रीको आवासम बसेको सत्ता गठबन्धन दलको बैठकले बजेट बक्तव्यको बाधा फुकाउन सदनम संकल्प प्रस्ताव लग्ने सहमति गरेको थियो ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर