Advertisement
ताजा खबर
शेख हसिनाको ९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफत थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी

योजनाको चिठ्ठीकालागि खानेपानी मन्त्री यादवका एजेन्टको आतंक

प्रतिक्षा खबर
२०८१ चैत्र २९, शुक्रबार १८:२०

जनकपुरधाम, चैत २८ । संघीय खानेपानी मन्त्रालयका मन्त्री प्रदीप यादवका एजेन्टहरु संघीय कार्यालयमा आतंक मचाएका छन् । उनका पीए देखि कार्यकर्ताहरु सम्म संघीय कार्यालयमा योजनाको चिठ्ठीकालागि कार्यालय प्रमुखहरुलाई मानसिक दवाव दिइ रहेका छन् ।

खानेपानी मन्त्री यादवका एजेन्ट एजाज बाबुले संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय जनकपुरधामबाट करिव २० करोडको योजना लिएर १० प्रतिशत कमिसन लिएर बेच्ने गरेको पाइएको छ । उनले धनुषा, महोत्तरी, सिरहा जिल्लाका विभिन्न ११ वटा योजना लिएर १० प्रतिशत कमिसन लिएर पाइए पछि कार्यालय प्रमुखलाई सरुवा गरिएको छ ।

उपभोक्ता समितिबाट गर्न नमिल्ने कामहरु समेत एजाज बाबुलाई लगाएर हाकीमहरुलाई धम्काई करिव ८ करोड बराबरको ११ वटा योजना बिक्री बितरण गरिएकोमा विरोध गरेपछि कार्यालय प्रमुखलाई नै सरुवा गरिएको छ । कार्यालय प्रमुख दीपेन्द्र साहले आफू कानुन विपरीत उपभोक्ता समिति गठन गरी काम गरे भूक्तानी गर्न नसक्ने अवस्था आउन सक्ने भने पछि उनको सरुवा गरिएको छ ।

मन्त्री यादवले कार्यालय प्रमुख साहलाई काठमाडौँ स्थित आफ्ना क्वाटरमा बोलाएर यि योजनाहरु आफ्ना एजेन्टलाई दिन दवाव दिएको स्रोतको दावी छ । कार्यालय प्रमुख साहलाई पटक पटक फोन गरी मानसिक यातना दिएको उनले बताएका छन् ।

मन्त्रीको कुरा नमाने पछि मन्त्रीका निजी सचिव बरुत राज जोशीले पनि धम्काएको कार्यालय प्रमुख साहले गुनासो गरे । उनले करारको इन्जिनियरको म्याद थपेको बिषयमा मन्त्रीले आयोजना प्रमुख साहलाई आफ्नो आवासमा बोलाएर अस्लिल गालीगलोज समेत गरेको स्रोतको भनाई छ ।

मन्त्री यादवका बिचौलीयाले बेचिरहेको विभिन्न ११ योजनाहरु यस प्रकार छन्ः
– जनकपुरधाम खानेपानी आयोजनामा डिप बोरिङ जडान जनकपुरधाम १७ र १८ वडामा १५ लाख ।
– मनरा सिसवा खानेपानी आयोजना मनरा सिसवा नापा महोत्तरी १५ लाख ।
– हैण्डपाइप÷समरसेवल बोरिङ्ग खानेपानी आयोजना मलंगवा–७ सर्लाही १५ लाख ।
– हैण्डपाइप÷समरसेवल बोरिङ्ग खानेपानी आयोजना हरिपूर्वा नपा सर्लाही १५ लाख ।
– डिप ट्युवेल निर्माण सोनमा गाउँपालिका महोत्तरी १ करोड ।
– डिप ट्युवेल निर्माण मनरा सिसवा नपा महोत्तरी १ करोड ।
– औरही, रामगोपालपुर, सम्सी खानेपानी आयोजना महोत्तरी १ करोड ।
– डिप ट्युवेल निर्माण, लालबन्दी नपा–१ सर्लाही १ करोड ।
– डिप ट्युवेल निर्माण, लालबन्दी नपा–२ सर्लाही १ करोड ।
– डिप ट्युवेल निर्माण, लालबन्दी नपा–७ सर्लाही १ करोड ।
– डिप ट्युवेल निर्माण, नरहा गापा सिरहा १ करोड ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर