Advertisement
ताजा खबर
शेख हसिनाको ९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफत थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी

शपथ लिँदालिँदै पक्राउ परेका वडाध्यक्षविरुद्ध दुई मुद्दा दर्ता, ५७ वर्ष कैद माग

प्रतिक्षा खबर
२०८१ पुष १८, बिहीबार २०:३७

१८ पुस, सप्तरीको डाक्नेश्वरी नगरपालिका–१ का नवनिर्वाचित वडाध्यक्ष धीरेन्द्रकुमार साहविरुद्ध दुई वटा कसुरमा मुद्दा दर्ता भएको छ।

इलाका प्रहरी कार्यालय कल्याणपुर, सप्तरीको अनुसन्धान प्रतिवेदनको आधारमा जिल्ला सरकारी वकिल कार्यालय सप्तरीले मुद्दा दर्ता गरेको हो । उनीविरुद्ध ५७ वर्ष कैद सजाय मागदाबी गरिएको छ ।

सरकारी वकिल कार्यालय सप्तरीले जिल्ला अदालत सप्तरीमा साहलाई प्रतिवादी बनाउँदै मुद्दा दर्ता गरेको छ । बलात्कारको कसुरमा मुलुकी फौजदारी अपराध संहिताको दफा २१९ (१) र (२) बमोजिमको कसुर गरेको भन्दै दफा २१९ (३) (ङ) बमोजिमको सजाय मागदाबी गरिएको छ । जअनुसार उनीवरुद्ध १० वर्षसम्मको कैद मागदाबी गरिएको छ ।

त्यस्तै सामूहिक बलात्कार भएकाले दफा २१९ (७) बमोजिम थप सजाय पनि माग गरिएको छ । सामूहिक बलात्कारमा थप ५ वर्ष कैद हुने व्यवस्था छ । जसअनुसार उनीविरुद्ध बलात्कारको कसुरमा १५ वर्ष कैद सजाय मागदाबी गरिएको छ ।

बलात्कृत युवतीको मृत्यु भएकाले कर्तव्य ज्यानको कसुरमा जन्मकैदको सजाय मागदाबी गरिएको छ । जन्मकैदमा २५ वर्ष कैद हुने व्यवस्था छ । जसकारण बलात्कारपछि हत्यामा उनीविरुद्ध ४० वर्ष कैद साजय मागदाबी गरिएको छ ।

यसका साथै उनले अर्का एक व्यक्ति अपहरण गरी बेपत्ता पारेकाले अर्को मुद्दा पनि चलाइएको छ । मुलुकी फौजदारी अपराध संहिताको दफा २०६ (१) (२) (ख) र (६) बमोजिमको कसुर गरेको आरोपमा मुद्दा दर्ता गरिएको छ । यसमा दफा २०६ (७) (क) बमोजिम थप सजाय मागदाबी गरिएको छ ।

दफा २०६ (७) (क) अनुसार अपहरण गरी व्यक्ति बेपत्ता पार्नेलाई १५ वर्षसम्म कैद र ५ लाख रुपैयाँ जरिवाना हुने व्यवस्था छ । सोही अनुसार उनलाई अधिकतम सजाय मागदाबी गरिएको छ ।

साहले बेपत्ता पारेको आरोप लागेका नितिशकुमार साह नाबालक रहेकाले दफा २०६ (८) बमोजिम थप सजाय मागदाबी गरिएको छ । जसअनुसार दफा २०६ (७) (क) मा हुने सजायमा थप २ वर्ष कैद सजाय हुने दफा २०६ (८) मा उल्लेख छ । छुट्टाछुट्टै कसुरमा गरेर उनीमाथि ५७ वर्ष कैद सजाय मागदाबी गरिएको छ ।

अपहरण गरी व्यक्ति बेपत्तामा वडाध्यक्ष साहसहित ६ जना र बलात्कारपछि हत्यामा उनीसहित ७ जनाविरुद्ध मुद्दा दर्ता भएको छ । उनीहरुविरुद्धको मुद्दा जिल्ला अदालत सप्तरीका न्यायाधीश दीपक धितालको इजलासमा सुनुवाई भइरहेको छ।

आज बिहीबार थुनछेक बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको छ । भोलि शुक्रबार थुनछेक बहस सकिएको अवस्थामा साधारण तारेख तथा धरौटीमा छाड्ने वा पुर्पक्षका लागि कारागार चलान गर्ने मध्ये एक आदेश आउने छ ।

२० मंसिरमा उनी वडाध्यक्षको सपथ लिँदै गर्दा पक्राउ परेका थिए । साह सहितको समूहले सन्तोषकी कुमारी साहलाई बलात्कार गरी हत्या गरेको आरोप छ । आफ्नी दिदीलाई बलात्कार गरी हत्या गरेको देखेपछि उनका भाइ १३ वर्षका नितिशकुमार साहलाई अपहरण गरी बेपत्ता पारेको आरोप छ।

यो घटना २०७९ फागुनको हो । १७ फागुनमा डाक्नेश्वरी नगरपालिका–१ माधधोपुर टोलस्थित आँपको बगैँचाबाट मुखमा रुमाल कोचेर नितिशलाई अहपरण गरी लगेको आरोप छ । त्यसयता नितिश अझैसम्म बेपत्ता छन् ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर