Advertisement
ताजा खबर
धार्मिक सद्भाव भड्काउने प्रयास गरेको आरोपमा गौशालाबाट युवक पक्राउ टाइगर श्रफको गाडीमा गोली प्रहार, चालकसहित दुई जना घाइते वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेल विराटनगर किङ्सबाट एनपीएल खेल्ने जसपा नेपालले सरकार बनाउन कुनै दाबी गरेको छैन: अध्यक्ष यादव सुनकोशीमा जिप खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा
धार्मिक सद्भाव भड्काउने प्रयास गरेको आरोपमा गौशालाबाट युवक पक्राउ टाइगर श्रफको गाडीमा गोली प्रहार, चालकसहित दुई जना घाइते वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेल विराटनगर किङ्सबाट एनपीएल खेल्ने जसपा नेपालले सरकार बनाउन कुनै दाबी गरेको छैन: अध्यक्ष यादव सुनकोशीमा जिप खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा
☰

मधेस सरकारको नेतृत्व गरेको जनमत पार्टी मधेसमै देखियो कमजोर

प्रतिक्षा खबर
२०८१ मंसिर २०, बिहीबार १९:२५

 मधेस प्रदेश सरकारको नेतृत्व गरेको जनमत पार्टी स्थानीय तहको उपनिर्वाचनमा प्रतिस्पर्धामै आउन सकेको देखिएन ।

जनमत पार्टीको मधेस प्रदेश सभामा १३ सांसद र प्रतिनिधि सभामा ६ सांसद छन् । मधेस प्रदेशमा जनमत पार्टी चौथो पार्टीको रूपमा रहेर सरकारको नेतृत्व गरेको छ । जनमत पार्टी नेतृत्वको सरकारलाई कांग्रेस–एमाले गठबन्धनले समर्थन गरेको छ ।

हालै सम्पन्न उपनिर्वाचनमा धनुषाको धनुषाधाम नगरपालिका–१ मा माओवादी केन्द्रका सुनिल कापर केवट ६८४ मतका साथ निर्वाचित हुँदा जनमत पार्टीका उम्मेदवार कुशेश्वर मण्डल २५ मत ल्याएर सातौँ स्थानमा सीमित रहे ।

२०७९ को चुनावमा पनि यो वडामा जनमत पार्टी प्रतिस्पर्धामै आउन सकेको थिएन । अघिल्लो निर्वाचनमा धनुषाधाम नगरपालिका–१ मा १० औँ स्थानमा सीमित भएको जनमत पार्टीले अहिले केही मत बढाएको देखिन्छ ।

त्यस्तै, सप्तरीको डाक्नेश्वरी नगरपालिका–१ मा जसपा नेपालका धिरेन्द्र साह ६५२ मत ल्याएर निर्वाचित हुँदा जनमत पार्टीका शैलेन्द्र साह ७४ मतमा सीमित भए । गत चुनावमा जनमत पार्टी त्यहाँ पाँचौँ स्थानमा थियो । कांग्रेसका प्रितम लाल चौधरी ५३५ मत ल्याएर अघिल्लो निर्वाचनमा विजयी हुँदा जनमत पार्टीका दीपेन्द्र साहले ९६ मत प्राप्त गरेका थिए । विगतको चुनावभन्दा यो उपचुनावमा जनमत पार्टीले यहाँ केही मत घटाएको छ ।

डाक्नेश्वरीकै वडा नम्बर ४ मा जसपा नेपालका उम्मेदवार देवेन्द्रप्रसाद यादव ३७२ मतका साथ निर्वाचित हुँदा जनमतका उम्मेदवार उदयनारायण पण्डित २३१ मतका साथ तेस्रो स्थानमा सीमित भए । २०७९ को चुनावमा पनि यहाँ जनतमत पार्टी तेस्रो स्थानमै थियो । ३३३ मत ल्याएर कांग्रेसका हरिप्रसाद राय निर्वाचित हुँदा जनमतका उम्मेदवार पण्डितले १९७ मत पाएका थिए । यो उपचुनावमा जनमतले त्यहाँ केही मत बढाएको छ ।

रौतहटको ईशनाथ नगरपालिका–७ मा कांग्रेसका शेष अब्दुल खलिक ६२७ मतका साथ निर्वाचित हुँदा जनमतका उम्मेदवार शेख जमिरुल १३५ मतका साथ चौथो नम्बरमा सीमित भए ।

२०७९ को चुनावमा जनमत पार्टी यहाँ २० मत प्राप्त गरेर पाँचौँ स्थानमा पुगेको थियो । त्यतिबेला एमालेका शेख खली उल्लाहले ६८३ मतका साथ निर्वाचित भएका थिए ।

त्यस्तै राजपुर– ६ को अध्यक्षमा कांग्रेसका समसे आलम ७४४ मतका साथ निर्वाचित भए । जनमत पार्टीका क्यामुदिन धुनिया ४५ मत ल्याएर चौथो स्थानमा सीमित भए । गत चुनावमा जनमत पार्टीले सो वडामा एक मत पनि ल्याउन सकेको थिएन । त्यतिबेला जनमत पार्टीले शेख मोहम्मत उस्तादलाई उम्मेदवार बनाएको थियो । २०७९ को निर्वाचनको तुलनामा उपनिर्वाचनमा जनमत पार्टीले सो वडामा आफ्नो मत बढाएको हो ।

रौतहटको गढीमाई नगरपालिकाको वडा नम्बर ८ मा नेकपा एकीकृत समाजवादीका बजरंगीप्रसाद यादव ६५५ मतका साथ निर्वाचित हुँदा जनमतका उम्मेदवार सुरेन्द्र राउत कुर्मीले जम्मा ८ मत प्राप्त गर्दै छैटौँ स्थानमा सीमित भए । गत चुनावमा यहाँ जनमत पार्टी जम्मा ६ मत ल्याएर आठौँ स्थानमा थियो । यसपटक जनमत पार्टीले दुई मत थपेको छ ।

जनमत पार्टीबाट काठमाडौँको कीर्तिपुर नगरपालिकाको प्रमुखमा उम्मेदवारी दिएका केशव श्रेष्ठले २९ मत मात्र ल्याएर १५ औँ स्थानमा रहे । त्यस्तै सोही नगरपालिकाको वडा नम्बर १ को अध्यक्षमा जनमत पार्टीका विकास प्रधानले ७ मत ल्याएर नवौँ स्थान हासिल गरे । सोही पालिकाको वडा नम्बर ४ को अध्यक्षमा जनमत पार्टीका कृष्ण महर्जनले २ मत प्राप्त गरे । यसअघिको चुनावमा जनमतले त्यहाँ आफ्नो उम्मेदवार उठाएको थिएन ।

जनमत पार्टीले कपिलवस्तुको शुद्धोधन नगरपालिका वडा नम्बर १ मा ४२३ मत प्राप्त गरेको छ । यहाँ एमालेका ताहिर मुसलमानले ११५० मत ल्याएर निर्वाचित हुँदा जनमत पार्टीका सीताराम पटेल तेस्रो स्थानमा रहे ।

२०७९ को चुनावमा पनि जनमत पार्टी यहाँ तेस्रो स्थानमै थियो । त्यतिबेला जनमतका सीताराम पटेलले ५४७ मत ल्याएका थिए । विगतको चुनावको तुलनामा उपनिर्वाचनमा यहाँ जनमत पार्टीले आफ्नो मत घटाएको छ ।

त्यस्तै, जनमत पार्टीले कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ६ को वडा अध्यक्षमा यादव बहादुर चन्दलाई उम्मेदवार बनाएको थियो । चन्दले ५ मतमात्र प्राप्त गरे । गत चुनावमा जनमतले त्यहाँ उम्मेदवारी दिएको थिएन ।

उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर १२ को अध्यक्षमा प्रमोद मलाह सहनीलाई जनमत पार्टीले उम्मेदवार बनाएको थियो । उनले २० मत प्राप्त गरे । त्यहाँ ९२३ मत ल्याएर माओवादीका नविन कुमार वान्तवा निर्वाचित भए । गत चुनावमा जनमत पार्टीले त्यहाँ उम्मेदवारी दिएको थिएन ।

जनमत पार्टीका प्रवक्ता डा.शरदसिंह यादवले भर्खरै सम्पन्न स्थानीय तह उपनिर्वाचनको नतिजा अपेक्षा अनुसार नभएको बताए । तल्लो तहसम्म संगठन विस्तार र स्थानीय नेतृत्वको विकास गर्न नसक्नु नै कमजोर नतिजा आउनुको प्रमुख कारण रहेको उनको भनाइ छ ।

यादवले यो उपनिर्वाचनको नतिजालाई गम्भीर रूपमा समीक्षा गरी आफ्नो कमी–कमजोरीलाई सुधार्दै अघि बढ्न आवश्यक रहेको बताए । आगामी निर्वाचनको रणनीति निर्माणका लागि समेत यो उपनिर्वाचनको गहनतम समीक्षा महत्त्वपूर्ण हुने उनले प्रस्ट पारे ।

अपेक्षाकृत मत नआए पनि समग्रमा जनमत पार्टी र सो पार्टीका अध्यक्ष डा. सीके राउतको स्वीकार्यता बढेको यादवको दाबी छ । उनले जनमत पार्टीका अध्यक्ष राउतको चर्चा सबैतिर हुन थालेपछि नियोजित रूपमा विरोधीद्वारा जनमत पार्टीका नेता÷कार्यकर्ताको मनोबल गिराउने काम भइरहेको आरोप लगाए ।

यादवले भने, ‘स्थानीय निर्वाचन प्रणाली कति विकृत छ, यो हामी सबैलाई थाहा भएकै कुरा हो । यसमा पार्टीको नीति, सिद्धान्त, रोडम्याप साथै केन्द्रीय नेतृत्व समेतको सबै कुरा गौण हुन्छन् । स्थानीय निर्वाचनमा अर्थ, जातपात, धर्म, इष्टमित्र, करकुटुम्ब, डरधम्की आदिले प्राथमिकता पाउँछ ।’

जनतालाई जागृत गराएर यस्तो खाले विकृतिलाई हटाउनका लागि पनि जनमत पार्टीले अभियान चलाएको प्रवक्ता यादवको दाबी छ । उनले गलत कुरा प्रयोग गरेर जसरी पनि चुनाव जित्ने र जितेपछि गाउँ–समाजमा विकासको सट्टा भ्रष्टाचार, जनतालाई दमन–शोषण, उत्पीडन गर्नेमा आफ्नो पार्टी नलाग्ने प्रस्ट पारे ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर