Advertisement
ताजा खबर
उपेन्द्र यादव भन्छन्- रास्वपा सरकारमा आएपछि सुशासन झन् हरायो अग्रगामी मोर्चाको पहिलो मधेश प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रम जनकपुरधाममा इन्डोनेसियामा ज्वालामुखी विस्फोटपछि २०९ अन्तर्राष्ट्रिय उडान प्रभावित बाढीमा पुरिएको घरबाट एक महिलाको उद्धार अपर त्रिशूली-१ को सुरुङबाट एक चिनियाँ नागरिकको उद्धार एघारौं दिनसम्म सुरुङ र घरबाट ४ जनाको जीवित उद्धार, खोजी कार्य तीव्र मोरङ कारागारभित्र झडप, १९ कैदीबन्दी निकालियो २९ देशबाट आइसक्यो आपत्‌कालीन राहत र आर्थिक सहयोग त्रिशूली–३ ‘ए’ सुरुङबाट उद्धार गरिएका २ जनाको परिचय खुल्यो सुरुङभित्रबाट थप एक जनाको जीवितै उद्धार

२४ घण्टामा ४६८ जनामा कोरोना संक्रमण पुष्टि

प्रतिक्षा खबर
२०७७ श्रावण ३१, शनिबार १९:२६

३१ साउन, काठमाडौं पछिल्लो २४ घण्टामा ४६८ जनामा कोरोना भाइरस -कोभिड-१९) को संक्रमण पुष्टि भएको छ
यससँगै कोरोना संक्रमितको संख्या २६ हजार १९ पुगेको छ । उनीहरुमध्ये १०२ जनाको मृत्यु भएको छ भने १७ हजार २०१ जना निको भएका छन् ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ९८ जना संक्रमित थपिएका छन् । उनीहरुमध्ये काठमाडौंमा ८०, ललिपतुरमा ९ र भक्तपुरमा ९ जना छन् ।
यस्तै मोरङका ६५, सर्लाहीका ५३, कपिलवस्तुका ३२, धनुषाका २७, मकवानपुरका २१, सुनसरीका १६, बर्दियाका १४, बाँके, दाङ र कास्कीका ११/११ जनामा संक्रमण पुष्टि भएको छ ।
काभ्रे, दोलखा, चितवन र महोत्तरीका ९/९ जना, खोटाङ ६, सप्तरी, सिराहा र सुर्खेतका ५/५ जना, रौतहट ४, रामेछाप र दैलेखका ३/३ जना, उदयपुर, नवलपुर रुपन्देही, बारा, बाग्लुङ र तनहुँका २/२ जना तथा रसुवा, गुल्मी, गोरखा, स्याङ्जा, तेह्रथुम, डडेलधुरा र बझाङका एकएक जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा ११ हजार ४४७ नमुना परीक्षण गरिएको छ । यससँगै नेपालमा पीसीआर टेष्ट ५ लाख नाघेको छ । हालसम्म ५ लाख ५ हजार ६६० पुगेको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर