Advertisement
ताजा खबर
निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी थमन विक हत्या प्रकरणः पुर्व सांसद लक्षमी महतो कोईरी जलेश्वर कारागार चलान मनरा सिसवा नगरपालिका महोत्तरीको तेस्रो साक्षर पालिका घोषणा, ९६.२ प्रतिशत नागरिक साक्षर

पाकिस्तानमा पुनः आत्मघाती हमला, १० सैनिकको मृत्यु

प्रतिक्षा खबर
२०८१ मंसिर ५, बुधबार २०:०८

इस्लामवाद । पाकिस्तानमा लगातार आतङ्कवादी घटनाहरू भइरहेका छन् । पछिल्लो आत्मघाती हमलामा पाकिस्तानी सेनाका १० सैनिकको मृत्यु भएको खबर आएको छ । एक जना आतङ्कवादीले सेनाको चेक पोस्ट नजिकै विस्फोटक पदार्थ राखेको गाडीलाई विस्फोट गराएको भनिएको छ । एक दिन अघि सोही क्षेत्रमा अर्को आतङ्कवादी हमलामा पाकिस्तानी सेनाका आठ सैनिकको मृत्यु भएको थियो ।

सञ्चार माध्यममा छापिएको खबरका अनुसार पाकिस्तानको उत्तर पश्चिमी सीमामा रहेको खैबर पख्तुनख्वा प्रान्तको बन्नुमा रहेको सेनाको चेकपोष्ट नजिकै एक आतङ्कवादीले आफ्नो विस्फोटक पदार्थले भरिएको गाडीलाई विस्फोट गराएका थिए । यस क्रममा १० सैनिकको मृत्यु भएको थियो ।

आत्मघाती हमलापछि अन्य आतङ्ककारीहरूले पनि भने चेक पोस्टमा गोली हानेका थिए । यस क्रममा अरू सात जना घाइते भएका छन् । प्रहरीका अनुसार आत्मघाती विस्फोटबाट माली खेल चौकीमा कयौँ सैनिक सवारी साधनमा ठुलो क्षति पुगेको छ । यस आक्रमणको जिम्मेवारी हाफिज गुल बहादुर सशस्त्र समूहले लिएको छ ।

एक दिनअघि पनि आक्रमण भएको थियो
एक दिन अघि खैबर पख्तुनख्वा प्रान्तमा अर्को आतङ्कवादी हमलामा पाकिस्तानी सेनाका आठ सैनिकको मृत्यु भएको थियो । यस भिडन्तमा आतङ्कवादी र सैनिकहरूबीच केही घण्टासम्म गोली हानाहान भएको थियो, जसमा नौ आतङ्कवादी र आठ सैनिकको मृत्यु भएको थियो ।

यस हमलाको जिम्मा तेहरिक–ए–तालिबान पाकिस्तान (टीटीपी) आतङ्कवादी समूहले लिएको थियो ।सेनाले आफ्ना लडाकुहरूलाई निशाना बनाएर आक्रमण गरेपछि सोको जवाफमा यो आक्रमण गरेको टीटीपीले भनेको थियो ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर