Advertisement
ताजा खबर
निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी थमन विक हत्या प्रकरणः पुर्व सांसद लक्षमी महतो कोईरी जलेश्वर कारागार चलान मनरा सिसवा नगरपालिका महोत्तरीको तेस्रो साक्षर पालिका घोषणा, ९६.२ प्रतिशत नागरिक साक्षर

श्रीमती हत्या गर्न सुपारी दिए, आफैं मारिए

प्रतिक्षा खबर
२०८२ बैशाख २१, आईतवार १७:१६

२१ वैशाख, धादिङ । धादिङको गजुरी गाउँपालिका–२ मा श्रीमती हत्याका लागि ‘सुपारी’ दिएका ६० वर्षीय चुडामणि कँडेल आफैं मारिएका छन् ।

प्रहरी अनुसन्धानका क्रममा २७ चैतमा आफ्नै घरको शौचालयमा घाँटी डोरीमा कस्सिएको अवस्थामा फेला परेका कँडेलको हत्या भएको खुलेको हो ।

हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका मकवानपुरको राक्सिराङ गाउँपालिका–९ का अक्कल बहादुर प्रजा, पृथलाल थिङ र सञ्चलाल तामाङले कँडेलको श्रीमतीको हत्याका लागि रकम लिएको स्वीकारेको प्रहरी बताउँछ ।

जिल्ला प्रहरी कार्यालय, धादिङका एसपी दिपेन्द्र शाही उनीहरूले पहिले कँडेलको श्रीमतीको हत्याका लागि रकम लिएको तर, सफल नभएपछि उनकै हत्या गरेको खुलेको बताए ।

प्रहरीका अनुसार चुडामणिले श्रीमतीको हत्याका लागि प्रजालाई ४ लाख रुपैयाँ ‘सुपारी’ दिएका थिए । जग्गा बिक्री गरेर उनले आफ्नै खेतबारीमा खेती गरिरहेका प्रजालाई त्यो रकम दिएका थिए ।

रकम पाएपछि प्रजाले हत्या योजनामा पृथलाल र सञ्चलाललाई पनि समावेश गराएका थिए । उनीहरूले सुस्मिताको हत्याको लागि पटक–पटक प्रयास गरे पनि सफल भएनन् । त्यसपछि चुडामणिले आफूले दिएको पैसा फिर्ता गर्न ताकेता गरिरहेका थिए ।

‘पैसा लिएर खर्च गरिसकेका अभियुक्तहरूले सुस्मिताको हत्या गर्न त सकेनन् नै, पैसा पनि फिर्ता नदिएपछि चुडामणिकै हत्या गर्ने योजना बनाएछन्’ शाहीले भने, ‘त्यसपछि चैत २४ गते राति चुडामणि घरभित्रै भएका बेला कोदालोको बीँडले हानेर हत्या गरेको देखिएको छ ।’

त्यतिबेला उनीहरूले चुडामणिको घाँटीमा डोरी समेत खसेका थिए । त्यसपछि तिनै जना पृथ्वी राजमार्ग हुँदै भागेको खुलेको थियो ।

बचेको एक लाख बरामद

घटनापछि अनुसन्धानको क्रममा अभियुक्तहरूमध्ये अक्कलबहादुर प्रजाको कोठाबाट लुकाइराखेको अवस्थामा एक लाख रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ । फरार भएपछि स्थानीय बजारबाट तीनै जनालै एकै किसिमको जुत्ता किनेको समेत प्रहरीले पत्ता लगाएको छ ।

जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी डिएसपी सुवास हमालका अनुसार, घटनास्थलमा पुग्ने वित्तिकै शव क्षतविक्षत अवस्थामा देखिएकाले हत्या भएको हुनसक्ने शंका गरेर अनुसन्धान थालिएको थियो ।

त्यसक्रममा मृतक कँडेल र उनकी श्रीमती सुस्मिता सिलवाल बीच सुमधुर सम्बन्ध नरहेको खुलेको थियो । प्रायः उनी सीतापाइलाको घरतिर गएर बस्थिन्, एकैघरमा हुँदा पनि बोलचाल हुन्थेन ।

कँडेल मारिनु दुईसाता अघि मात्र उनी गाउँमा आएर १० दिन बसेर घटना भएकै दिन फर्किएकी थिइन् । त्यही कारण पनि स्थानीयले श्रीमतीमाथि पनि अनुसन्धान गर्न भनेका थिए ।

तर, जाँचका क्रममा कँडेलकै अर्को आपराधिक योजनाको पटाक्षेप भयो । अहिले कँडेलको श्रीमतीले प्रहरी कहाँ उनीहरूविरुद्ध जाहेरी दिएकी छन् भने पोष्टमार्टपछि परिवारले अन्त्येष्टि गरेका छन् ।

कँडेल गाउँमा खेतीकिसानी गर्थे । छोरा क्यानडा छन् भने छोरी काठमाडौंमा बसेर पढ्दै छिन् ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर