Advertisement
ताजा खबर
बर्दिबासको बुद्धचोकमा बाइक दुर्घटना, चालक सम्पर्कविहीन सोनमामा रास्वपाद्वारा दीपावली तथा छठको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न मिर्चैयामा अग्रगामी मोर्चाको बैठक सम्पन्न, प्रथम चरणका आन्दोलनका कार्यक्रमबारे छलफल सोनमा गाउँपालिकाद्वारा शिक्षक र विद्यालय कर्मचारीलाई सामग्री वितरणसहित शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न  धार्मिक सद्भाव भड्काउने प्रयास गरेको आरोपमा गौशालाबाट युवक पक्राउ टाइगर श्रफको गाडीमा गोली प्रहार, चालकसहित दुई जना घाइते वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेल विराटनगर किङ्सबाट एनपीएल खेल्ने जसपा नेपालले सरकार बनाउन कुनै दाबी गरेको छैन: अध्यक्ष यादव सुनकोशीमा जिप खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित

☰

नदीमा बेपत्ता ३ बालकको शव भेटियो

प्रतिक्षा खबर
२०८१ मंसिर २, आईतवार २०:१७

२ मंसिर, सिरहा। सिरहामा कमला नदीमा नुहाउने क्रममा फरक फरक ठाउँबाट बेपत्ता भएका ३ बालकको आइतबार शव भेटिएको छ ।

सिरहाको बसविट्टास्थित कमला नदीमा नुहाउने क्रममा शुक्रबार बेपत्ता भएका सिरहा नगरपालिका-१५ बुधौराका १४ वर्षीय अभिषेक यादवको शव आइतबार फेला पररेको छ ।

उनको शव हुलाकी सडक अन्तर्गत निर्माणाधीन कमला नदीको पुलदेखि करिब पाँच सय मिटर दक्षिणपट्टि फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डीएसपी वीरेन्द्रकुमार पासवानले जानकारी दिए ।

बालकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल सिरहामा पठाइएको छ । उनको शव प्रहरीको गोताखोर टोलीले खोजी गरेर पत्ता लगाएको थियो ।

यस्तै शुक्रबार नै सिरहाको कर्जन्हा नगरपालिका-१ उत्तरवाहिनीस्थित कमला नदीमा नुहाउने क्रममा बेपता भएका सिरहाकै मिर्चैया नगरपालिका-५ का र १५ वर्षीय लक्ष्मण कुमार साहको शव पनि आइतबार फेला परेको छ ।

बन्दीपुरस्थित कमला नदीमै फेला परेको उनको शव पनि पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल सिरहा पठाइएको छ ।

लक्ष्मणसँगै नुहाउने क्रममा बेपत्ता भएका छिमेक बिन्देश्वर मण्डलका छोरा १६ वर्षीय रोशन मण्डलको शव शुक्रबार नै नदीमा फेला परेको थियो ।

कात्तिक शुक्ल पूर्णिमामा कमला नदीमा नुहाएमा भूत–प्रेत र घरको कुल देवताको प्रभावबाट छुटकारा पाइन्छ भन्ने मान्यता छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर