Advertisement
ताजा खबर
जानकी मन्दिरबाट लखेटिए हर्क साम्पाङका कार्यकर्ता एकडारा गाउँपालिकामा नियमित खोप सेवा अब वडा नं. १ का चार स्थानबाट, जन्मदेखि २३ महिनासम्मका बालबालिकाले पाउने सुविधा समायोजन विवादका कारण लोसपा र जसपा नेपालले बोलाए छुट्टाछुट्टै बैठक राप्रपा सांसद खुश्बु ओलीको चरित्रहत्या गरेको आरोपमा २ जना पक्राउ अदालतबाट हतकडीसहित थुनुवा फरार शेख हसिनाको ९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफत थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग

नदीमा बेपत्ता ३ बालकको शव भेटियो

प्रतिक्षा खबर
२०८१ मंसिर २, आईतवार २०:१७

२ मंसिर, सिरहा। सिरहामा कमला नदीमा नुहाउने क्रममा फरक फरक ठाउँबाट बेपत्ता भएका ३ बालकको आइतबार शव भेटिएको छ ।

सिरहाको बसविट्टास्थित कमला नदीमा नुहाउने क्रममा शुक्रबार बेपत्ता भएका सिरहा नगरपालिका-१५ बुधौराका १४ वर्षीय अभिषेक यादवको शव आइतबार फेला पररेको छ ।

उनको शव हुलाकी सडक अन्तर्गत निर्माणाधीन कमला नदीको पुलदेखि करिब पाँच सय मिटर दक्षिणपट्टि फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डीएसपी वीरेन्द्रकुमार पासवानले जानकारी दिए ।

बालकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल सिरहामा पठाइएको छ । उनको शव प्रहरीको गोताखोर टोलीले खोजी गरेर पत्ता लगाएको थियो ।

यस्तै शुक्रबार नै सिरहाको कर्जन्हा नगरपालिका-१ उत्तरवाहिनीस्थित कमला नदीमा नुहाउने क्रममा बेपता भएका सिरहाकै मिर्चैया नगरपालिका-५ का र १५ वर्षीय लक्ष्मण कुमार साहको शव पनि आइतबार फेला परेको छ ।

बन्दीपुरस्थित कमला नदीमै फेला परेको उनको शव पनि पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल सिरहा पठाइएको छ ।

लक्ष्मणसँगै नुहाउने क्रममा बेपत्ता भएका छिमेक बिन्देश्वर मण्डलका छोरा १६ वर्षीय रोशन मण्डलको शव शुक्रबार नै नदीमा फेला परेको थियो ।

कात्तिक शुक्ल पूर्णिमामा कमला नदीमा नुहाएमा भूत–प्रेत र घरको कुल देवताको प्रभावबाट छुटकारा पाइन्छ भन्ने मान्यता छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर