Advertisement
ताजा खबर
जलेश्वरमा अमरेशविरुद्ध रास्वपाका कार्यकर्ताको नाराबाजी आशा भोसलेको निधन रास्वपालाई प्रचण्डको चेतावनी- संविधानमाथि छेडखानी भए सडक र सदनबाट प्रतिवाद गर्छौं इस्लामावाद शान्तिवार्ता सुरु : सन् १९७९ पछि पहिलो पटक अमेरिका-इरानबीच उच्चस्तरीय संवाद उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित महाेत्तरी क्षेत्र नं४ बाट निर्वाचित गौरी यादव बनिन् उद्योगमन्त्री दुई नयाँ मन्त्री थपिए : उद्योगमा गौरीकुमारी र श्रममा रामजी नियुक्त सीमा क्षेत्रमा रहेको मन्दिरमाथि तनाव: भारतीय पक्षको ‘अल्टिमेटम’पछि स्थानीयको चिन्ता बढ्यो पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि, ग्यासको मूल्य पनि बढ्यो हाजरी जमानिमा छुटे पुर्बप्रधानमन्त्री ओलि

शहिदनगर विद्यालयका प्राचार्यद्धारा अदालत आदेशको पनि बेवास्ता

प्रतिक्षा खबर
२०७६ माघ २३, बिहीबार ०९:२३

जनकपुरधाम : धनुषाको शहिदनगर नगरपालिका ३ का जनता एकाई मावि यदुकोहाका निमित प्राचार्य प्रमोद कर्णले अदालतको आदेशलाई समेत वेवास्ता गरेको तथ्य खुलेको छ ।

अदालतले अभिभावक भेला गराउनका लागि आदेश जारी गरको छ । पछि शहिदनगर प्रमुख उदयकुमार बरबरियाले समेत अभिभावक भेला गराउन विद्यालयलाई ०७६ भदौं ४ मा पत्र पठाएर अनुरोध गरे । तर विद्यालयका प्राचार्य कर्णले न अदालतको आदेश न नगर प्रमुखको अनुरोधलाई वास्ता गरेका छन् ।

प्राचार्य कर्णले हालसम्म अभिभावक भेला बोलाउन चासो देखाएका छैन । अहिले स्थानीयले समेत अभिभावक भेला बोलाई व्यवस्थापन समिति गठन गर्न दबाब दिन थालेका छन् । तर प्राचार्य कर्णले स्थानीयको कुरा सुन्न पनि तयार छैन ।

प्राचार्य कर्णले माघ १३ मा सूचना जारी गरेर वडाध्यक्ष तथा तत्कालिन विद्यालय व्यवस्थजापन समितिका अध्यक्ष नागेन्द्र प्रसाद मण्डलको मौखिक जानकारीको आधारमा अभिभावक भेला गराउन नसकेको जानकारी गराएको छ । स्थानीयका अनुसार वडाध्यक्ष मण्डलको मिलोमतोमा प्राचार्य कर्णले अभिभाव भेला बोलाउन चाहेका छैन ।

स्थानीय सुनिता सिंहले भ्रष्टाचार गर्नकै लागि प्राचार्य कर्णले वडाध्यक्षको मिलोमतोमा मनपरी काम गरिरहेको आरोप लगाइन् । उनले विगत लामो समयदेखि प्राचार्य कर्णले छात्रबृति रकम वितरण नगरेको पनि बताईन् । उनले भनिन्, ‘विगतको भ्रष्टाचार बाहिरिने र अब भ्रष्टाचार गर्न नपाउने सोचेर व्यवस्थापन समिति गठन गर्न उनीहरु चाहेका छैन ।’

विद्यालयमा पठनपाठनको अवस्था समेत लथालिङ बनेको स्थानीय अभिभावकहरु बताउँछन् । विद्यालयका प्राचार्यले अभिभावकको कुरा समेत सुन्न तयार नभएको र विद्यालयमा व्यापक भ्रष्टाचार गरिरहेको स्थानीयको आरोप छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर