Advertisement
ताजा खबर
दिग्गज बलिउड अभिनेता नाना पाटेकरको निधन चाडपर्व लक्षित महोत्तरीमा सुरक्षाब्यवस्था कडा , सीमामा २४ घण्टा निगरानी बजार अनुगमनको शैलीप्रति जलेश्वरका व्यवसायी असन्तुष्ट, अनुगमन कि व्यवसायीमाथि दबाब < तीन वर्षमा एक हजार ३१८ सुरक्षाकर्मीले गुमाए ज्यान महाेत्तरी क्षेत्र नं ४ का जनताहरु पूर्व सांसद काैशल कुमार यादवकाे न्यायकाे पर्खाइमा बाँध भत्किएपछि जलेश्वर जलमग्न सर्पले टाेकेपछी अस्पताल पुगे, उचित उपचार नपाउँदा ज्यान गुमाए मधेशका पूर्वाधार आयोजना अनुगमन गर्न प्रतिनिधिसभाको उपसमिति गठन १९ दिन बन्धक बनाएर बालिका बलात्कार प्रकरण : मुख्य आरोपी पुर्पक्षका लागि कारागार चलान महाेत्तरीकाे जलेश्वरबाट फरार अभियुक्तलाई सांसद हरि ढकाल र रास्वपा कार्यकर्ताले भगाए, समात्न गएकाे प्रहरी रित्ताे हात फर्किए

☰

बलात्कार मुद्दामा ‘बाबा’ले पाए अदालतबाट सफाइ

प्रतिक्षा खबर
२०७७ मंसिर २२, सोमबार २०:२६

गणेश लम्साल,
विराटनगर
२०७७ मङ्सिर २२ सोमबार
‘सिद्धबाबा’ भनिने कृष्णदास गिरीलाई जिल्ला अदालत सुनसरीले बलात्कार मुद्दामा सफाइ दिएको छ । जिल्ला अदालत सुनसरीका न्यायाधीश अर्जुन कोइरालाको इजलासले बादीको माग दाबी नपुगेको भन्दै उनलाई सफाइ दिएको हो ।
१२ मंसिरमा सर्वोच्च अदालतले उच्च अदालत विराटनगरको आदेश सदर गर्दै आरोपी कृष्णदासलाई थुनामै राखेर अनुसन्धान गर्न आदेश दिएको १० दिनपछि सुनसरी जिल्ला अदालतले अन्तिम फैसला गर्दै उनलाई सफाइ दिएको हो ।
सुनसरीको चतराधामस्थित आश्रममा आफ्नै अनुयायीलाई ४ कात्तिक ०७६ मा बलात्कार गरेको आरोप कृष्णदासमाथि लागेको थियो । बादी महिलाले आफूमाथि बलात्कार भएको किटानी जाहेरी दिएपछि पक्राउ पर्ने डरले कृष्णदास १२ मंसिरमा सिकिस्त बिरामीको बहाना बनाएर विराटनगरस्थित विराट अस्पतालमा भर्ना भएका थिए ।
सुनसरी प्रहरीले उनलाई १६ मंसिरमा पक्राउ गरी अस्पतालमै राखेर पटकपटक अदालतमा म्याद थप गराएर अनुसन्धान गरेको थियो ।
१० पुस ०७६ मा सिद्धबाबाविरुद्ध प्रहरीले बलात्कार अभियोगमा सुनसरी अदालतमा मुद्दा दर्ता गराएको थियो । १४ पुस ०७६ मा जिल्ला अदालत सुनसरीले सिद्धबाबालाई तीन लाख धरौटीमा थुनामुक्त गरेको थियो ।
उनलाई ९ माघ ०७६ मा उच्च अदालत विराटनगरले जिल्ला अदालत सुनसरीको आदेशलाई बदर गर्दै थुनामा राखेर अनुसन्धान गर्न आदेश गरेको थियो । उच्चको आदेशपछि पक्राउ पर्ने डरले भारततर्फ फरार भएका कृष्णदास पछि अदालतमा हाजिर भएपछि झुम्का कारागारमा बस्दै आएका थिए ।
उच्च अदालत विराटनगरको आदेशलाई सदर गर्दै १२ मंसिरमा सर्वोच्च अदालतका न्यायाधीश आनन्दमोहन भट्टराई र प्रकाश ढुंगानाको संयुक्त इजलासले आरोपी सिद्धबाबालाई थुनामै राखेर अनुसन्धान गर्न आदेश गरेको थियो ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर