Advertisement
ताजा खबर
आजदेखि लगातार ४ दिन सार्वजनिक बिदा दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग

विभिन्न कार्यक्रमका साथ मनाइयो लक्ष्मी जयन्ती

प्रतिक्षा खबर
२०८१ कार्तिक १५, बिहीबार १६:१३

काठमाडौँ । महाकवि लक्ष्मीप्रसाद देवकोटाको १ सय १६ औँ जन्मजयन्ती विभिन्न कार्यक्रमको आयोजना गरि मनाइएको छ । देवकोटाको १ सय १६ औँ जन्मजयन्तीका अवसरमा महाकवि लक्ष्मीप्रसाद देवकोटा सङ्ग्रहालयका रहेको उनको पूर्णकदको सालिकमा माल्यार्पण गरिएको थियो ।

महाकवि देवकोटाको जन्म वि.सं. १९६६ मा कात्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन काठमाडाैँको डिल्लीबजारमा भएको थियो । दश वर्षको उमेरमा कविता लेख्न सुरु गरेका देवकोटाका थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, समालोचना र फुटकर कविता प्रकाशित छन् ।

देवकोटाको जन्मजयन्तीका अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठान साहित्य(पद्य/काव्य) विभागले देवकोटा सङ्ग्रहालयमा कविता वाचन कार्यक्रमको आयोजना गरेको थियो । कविता वाचन कार्यक्रममा कविहरूले मुलुकको राजनीतिक परिस्थितिका साथै विभिन्न प्रसङ्गका साथ कविता वाचन गरेका थिए ।

नेपाली साहित्यमा आधुनिक महाकाव्य लेखनको थालनी गर्नुभएका देवकोटाको ‘मुनामदन’ खण्डकाव्य नेपाली भाषामा प्रकाशित अहिलेसम्म सबैभन्दा बढी बिक्री भएको पुस्तक हो । २०१६ सालमा उहाँ शिक्षा तथा स्वायत्त शासनमन्त्री हुँदा नेपालभर नेपाली भाषालाई अनिवार्य विषयका रूपमा लागू गराउनु भएको थियो ।

देवकोटाको घरलाई सरकारले महाकवि लक्ष्मीप्रसाद देवकोटा सङ्ग्रहालयका रूपमा स्थापित गरेको छ । नेपाली साहित्यमा महत्वपूर्ण योगदान दिनुभएका देवकोटाको २०१६ साल भदौ २९ गते निधन भएको थियो ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर