Advertisement
ताजा खबर
आजदेखि लगातार ४ दिन सार्वजनिक बिदा दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग
आजदेखि लगातार ४ दिन सार्वजनिक बिदा दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग

इजरायली सेनाद्वारा बुधबार पनि बेरुतमा आक्रमण

प्रतिक्षा खबर
२०८१ आश्विन ३०, बुधबार १९:५४
इजरायली सेनाद्वारा बुधबार पनि बेरुतमा आक्रमण

बेरुत । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले लेबनानमा युद्धविराम गर्न अस्वीकार गरको एक दिनपछि इजरायली सेनाले बुधबार दक्षिण बेरुतमा आक्रमण गरेको छ ।  इजरायली सैन्य आदेशको केही समयपछि लेवनानको राजधानीको हारेट ह्रीक क्षेत्रका भवनहरूको बीचबाट कालो धुवाँ उडिरहेको देखिएको थियो ।

बेरुतमा पछिल्लो समयमा भएको विष्फोटको आलोचना गर्दै र प्यालेस्टिनी क्षेत्रमा थप सहयोग पुर्याउन माग गर्दै लेबनान र गाजामा इजरायलको आचरणमाथि अमेरिकाले दबाब बढाएको समयमा नेतान्याहुको हेजबुल्लाहसँग लडाइँ जारी राख्ने प्रतिवद्धता सार्वजनिक भएको हो ।

फ्रान्सका राष्ट्रपति इम्मानुयल म्याक्रोँसँगको कुराकानीमा नेतान्याहूले म्याक्रोँसँग ‘एकपक्षीय युद्धविरामको अर्थ नहुने बताएका छन् । लेबनानको सुरक्षा स्थिति परिवर्तन नगरी पहिलेकै अवस्थामा फिर्ता हुन सम्भव नहुने उनको कार्यालयबाट जारी विज्ञप्तिमा उल्लेख छ ।
नेतान्याहु र इजरायली सेनाले लेबनानसँगको इजरायली सीमामा हिजबुल्लाह लडाकुहरूको उपस्थिति नभएको मध्यवर्ती क्षेत्र (बफर जोन) हुनुपर्ने विषयमा जोड दिएका छन् ।

“प्रधानमन्त्री नेतान्याहूले हिजबुल्लाहलाई पुनः हतियार बोक्न र सङ्गठन गर्नबाट नरोक्ने कुनै पनि व्यवस्थापनमा इजरायल सहमत नहुने र लेबनानसँगको इजरायली सीमामा हिजबुल्लाह लडाकुहरूको उपस्थिति नभएको मध्यवर्ती क्षेत्र (बफर जोन) निर्माण गर्नुपर्ने अडान म्याक्रोँसँग राख्नुभएको छ,” विज्ञप्तिमा भनिएको छ ।

एक टेलिभिजन सम्बोधनमा हिजबुल्लाहका उपनेता नईम कासिमले इजरायलमा आफ्नो क्षेप्यास्त्र आक्रमणको दायरा विस्तार गर्ने धम्की दिँदै युद्धविराम एकमात्र समाधान भएको बताएका थिए । “इजरायली शत्रुले सम्पूर्ण लेबनानलाई निशाना बनाएकाले रक्षात्मक स्थितिबाट इजरायलको कुनै पनि स्थानलाई लक्षित गर्ने अधिकार लेवनानको रहेको उनले बताएका छन् ।

बुधबार बिहान इजरायली सेनाले देशको उत्तरमा लेबनानबाट करिब ५० वटा क्षेप्यास्त्र प्रहार गरिएको तर कुनै हताहत नभएको जनाएको छ । इरान समर्थित हेजबुल्लाहले सफेड सहरमा “मिसाइलको  प्रक्षेपण गरेको जनाएको छ । इजरायली सेनाले मङ्गलबार बेका उपत्यका  लगायत दक्षिणी र पूर्वी लेबनानका धेरै क्षेत्रमा बम प्रहार गरेको लेबनानको आधिकारिक राष्ट्रिय समाचार एजेन्सीले जनाएको छ । सेनाले दक्षिण लेबनानमा तिन हिजबुल्लाह लडाकुहरूलाई पक्राउ गरेको बताएको छ ।

लेबनानको स्वास्थ्य मन्त्रालयले मङ्गलबार भएको आक्रमणमा नौ जनाको मृत्यु भएको तथा पूर्वमा तीन बालबालिका सहित पाँच जनाको मृत्यु भएको जनाएको छ । गत अक्टोबर–१० मा लेबनानमा इजरायली हवाई आक्रमणको बारेमा सोधिएको प्रश्नमा अमेरिकी विदेश विभागले खुला आलोचना गरेको थियो ।

आइतबार इजरायली सरकारलाई पठाएको पत्रमा, सचिव एन्टोनी ब्लिन्केन र रक्षा सचिव लोयड अस्टिनले गाजामा प्यालेस्टिनीलाई थप मानवीय सहायता नदिई अमेरिकाले हतियार आपूर्ति रोक्न सक्ने चेतावनी दिएका छन् । भोकमरीले ग्रस्त गाजामा खाना, चिकित्सा आपूर्ति र आश्रयको आवश्यकताको बाबजुद,  राष्ट्रसङ्घको बाल निकाय (युनिसेफ) का प्रवक्ताले गत वर्षको अक्टोबरमा इजरायलको आक्रमण सुरु भएदेखि सहायताले सबैभन्दा कडा प्रतिबन्धको सामना गरिरहेको बताएका छन् ।

हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयको तथ्याङ्क अनुसार इजरायली अभियानले अधिकांश नागरिकसहित ४२ हजार ३४४ जनाको ज्यान लिएको छ ।  इजरायलले सेप्टेम्बर २३ देखि लेबनानमा हिजबुल्लाहविरुद्ध आफ्नो हवाई अभियान बढाएपछि  लडाकु समूहलाई उत्तरी सीमाबाट पछाडि धकेल्ने उद्देश्यले एक हप्तापछि स्थल आक्रमण सुरु गरेको थियो ।

लेबनानको स्वास्थ्य मन्त्रालयको तथ्याङ्क अनुसार गत महिना इजरायलले बम विस्फोट बढाएपछि लेबनानमा कम्तिमा एक हजार ३५६ जनाको मृत्यु भएको छ । आप्रवासनका लागि अन्तर्राष्ट्रिय सङ्गठनको तथ्याङ्अनुसार वर्षौँदेखि आर्थिक सङ्कट झेलिरहेको लेबनानमा युद्धले कम्तीमा ६ लाख ९० हजार मानिसहरु विस्थापित भएका छन् ।

आगामी अक्टोबर १ मा करिब २०० वटा क्षेप्यास्त्र प्रहार गरेको इरानलाई पनि जवाफ कसरी दिने भन्ने कुरामा पनि इजरायलले योजना बनाइरहेको छ।  नेतान्याहुको कार्यालयले इरानविरूद्ध जवाफी कारबाही कसरी गर्ने जनाउदै अमेरिकाको राय सुन्ने तर आफ्नो राष्ट्रिय हितको आधारमा अन्तिम निर्णय गर्ने जनाएको छ ।

इजरायलको शीर्ष हतियार आपूर्तिकर्ता अमेरिकी सरकारले इजरायललाई इरानको आणविक वा तेल सुविधाहरूमा आक्रमण नगर्न निर्देशन दिएको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर

काेरेन्टाइन व्यवस्थापनकाेलागि साेनमा गाउँपालिकाले १कराेडकाे काेष स्थपना गरे प्रतीक्षा खबर साेनमा चैत १४ विश्वलाई त्राहिमा बनाएको कोराना भाइरस (कोभिड १९)को नियन्त्रण तथा यस बाट प्रभावित भएकाहरुलाई राेकथाम र उपचार गरि व्यवस्थित गराउन साेनमा गाउँपालिकाले १ करोडको करेन्टाईन कोषको स्थापना गरेको छ । गाउँपालिका स्तरीय आज सम्पन्न बैठकले गाउँपालिकाको तर्फ बाट १ करोडको काेरेन्टाइनकाे व्यवस्थापन कोषको स्थापना गर्ने र सो कोषमा गाउँपालिकाबाट साे रकम राख्ने निर्णय गरेको गाउँपालिकाकाे प्रवक्ता एवम साेनमा गाउँपालिका एवम वाडा नम्बर १ का वाडा अध्यक्ष रहेका अशाेक कुमार यादवले बताउनु भएको छ । यसका अतिरिक्त साेनमा गाउँपालिका स्तरिय बैठकले महामारी नियन्त्रणको लागी गाउँपालिका अध्यक्षकाे संयोजकत्वमा सबै वाडा अध्यक्ष रहने गरि उच्च स्तरीय निर्देशन समिति गठन गरेको छ भने महामारी नियन्त्रणको लागि आवश्यक व्यवस्थापन गर्न प्रमुख प्रशासकिय अधिकृत रमेश अधिकारीकाे संयोजकत्वमा सबै कर्मचारी रहने गरि विशेष कार्यकारी समिति समेत गठन गरेको छ । कार्यकारी समितिलाई आजैको बैठकले विशेष परिस्थितिमा महामारी नियन्त्रणको लागी आवश्यक व्यवस्थापन गर्न निर्देशन समेत दिएको छ । कार्यकारी समितिले महामारी नियन्त्रणको लागी चाहिने आवश्यक सामग्रीहरुको खरिद विशेष परिस्थितिको लागी व्यवस्था गरिएको खरिद नियमावली बमोजिम गर्न पाउने छन । सार्थै गाउँपालिका स्तरीय बैठकले साेनमा गाउँपालिका वाडा नम्बर ३मा रहेकाे मा वि विद्यालयमा ५०बेडकाे काेरेन्टाइनकाे व्यवस्थागरी अाईतबारदेखि गाउँपालिकाकाे विभिन्न वडाहरुमा रहेका विभिन्न देशबाट अाएकाहरुलाइ त्यहा व्यवस्थापन गर्ने गाउँपालिका अध्यक्ष राज कुमार यादवले जनाएका छन । गाउँपालिका स्तरीय बैठकले लक डाउन सब भन्दा लभदायक भएकाेले यसलाई अरु शसक्त बनाउने गाउँपालिका स्तरमा कहि कतै भिडभाड नगर्ने नगराने बजार नलगाउने र कालाेबजारी नियन्त्रण गर्न गाउँपालिकाकी उपाध्यक्ष विभा देवि साहकाे नेतृत्वमा ९ सदस्य समितिबनाई अनुगमन गर्न निर्णय भएकाे छ । लका डाउनकाे कारण समस्यामा परेपछी गरिव जनताहरुको लागी आवश्यक कुराकाे व्यवस्था गरि अगाडी बढने निर्णय गरेको छ ।