Advertisement
ताजा खबर
२ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर दुर्गा भवानीको गुञ्जियो जयजयकार, नवरात्रको पहिलो दिन एकडारामा भव्य कलश शोभायात्रासहित घटस्थापना बिधि सम्पन्न ११ वर्षपछि गाउँब्लकवासीले पाए लालपुर्जा, एकडारामा २५० जग्गाधनीलाई वितरण

☰

अर्ली इलेक्सनका लागि सर्वदलीय सरकार गठन गर्न नेता भण्डारीको माँग

प्रतिक्षा खबर
२०७८ आश्विन १५, शुक्रबार ०७:५५

नवगठित लोकतान्त्रिक समाजवादी पार्टी नेपालका वरिष्ठ नेता शरतसिंह भण्डारीले मुलुकमा सरकार असफल भएको भन्दै अर्ली इलेक्सनका लागि सर्वदलीय सरकार गठन गर्न माग गरेका छन् ।
बिहिबार महोत्तरीको मटिहानी नगरपालिका वडा नम्बर २ मा बर्दाहा स्थित प्रवेशद्वारको उद्घाटन गर्दै नेता भण्डारीले सर्वदलीय सरकारको आवश्यकता रहेकाले तत्काल निर्वाचनको घोषणा गर्न माग गरेका हुन् ।
उनले अहिलेको वर्तमान सरकारसंग जनताको म्यान्डेट नरहेकोले तत्काल जनता बीचमा गएर नयाँ अभिमत सहित सरकार चलाउन काँग्रेसलाई सुझाएका छन् । उनले प्रश्न गर्दै भने, ‘काँग्रेससँग कुन नैतिकताको आधारमा सरकार चलाउँदैछ ? जनतामा जाऊ नयाँ म्यान्डेट लिऊँ, र जितेर काँग्रेस आउछ भने काँग्रेसले नै सरकार र देश चलाउँदा आफूहरु समेत यो सरकारलाई समर्थन गर्त तयार छौँ ।
उनले वर्तमान सरकारलाई अप्राकृतिक गठबन्धनको संज्ञा दिए । उनले भने, ‘तत्कालीन समयमा प्रतिनिधि सभामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने सवालमा जसपा एक ठाउँ उभिएको भएपनि आज मधेसी जनताको सरकार हुन्थ्यो । तर दुर्भाग्यवश मधेशी नेता प्रधानमन्त्री बन्न असफल खेल भयो ।
पूर्वमन्त्री समेत रहेका नेता भण्डारीले जसपा विभाजनपूर्व जनता समाजवादी पार्टीले ऐतिहासिक र इतिहास निर्माण गर्ने अवसर गुमाएको भन्दै जसपाका अध्यक्ष उपेन्द्र यादवको आलोचना गरे ।
उनले प्रतिनिधिसभाको निर्वाचनमा जनताले कम्युनिस्टलाई मुलुक चलाउने जिम्मा दिएको बताए । नेता भण्डारीले भने – ‘तर दुर्भाग्यवश तीन वर्षमै मुलुक चलाउन असफल भई कम्यूनिष्ट पार्टी समेत विभिन्न चिरामा विभाजित भयो ।
उनले काँग्रेसले अदालतको भरमा मुलुकमा शासन गरिरहेकाले हाम्रो आपत्ति रहेको समेत बताए । उनले लोकतान्त्रिक विधि पद्धति र प्रक्रिया अनुसार मुलुक हाल्नका लागि आग्रह गरे ।
निलम्बित प्रतिनिधिसभा सदस्य रेशम चौधरीको रिहाइको लागि लाल आयोगको प्रतिवेदन अपरिहार्य रहेको बताउँदै तत्काल सो प्रतिवेदन सार्वजनिक गर्न माग गरे ।
भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवाले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने प्रतिवद्धता जनाएपनि कार्यान्वयन नभएको बताए । उनले प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराउँदै तत्काल लाल आयोगको प्रतिवेदन सार्वजनिक गरी झुठा मुद्दामा फसाइएको सांसद चौधरीलाई तत्काल रिहाइ गर्न माग गरे ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर