Advertisement
ताजा खबर
लेखा समितिको सभापतिमा एमाले र नेकपाले कांग्रेसलाई सघाउने लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाको निर्णय डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको यथावत मिथिला क्षेत्रमा जुडशीतल पर्व मनाइँदै जलेश्वरमा अमरेशविरुद्ध रास्वपाका कार्यकर्ताको नाराबाजी आशा भोसलेको निधन रास्वपालाई प्रचण्डको चेतावनी- संविधानमाथि छेडखानी भए सडक र सदनबाट प्रतिवाद गर्छौं इस्लामावाद शान्तिवार्ता सुरु : सन् १९७९ पछि पहिलो पटक अमेरिका-इरानबीच उच्चस्तरीय संवाद उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित महाेत्तरी क्षेत्र नं४ बाट निर्वाचित गौरी यादव बनिन् उद्योगमन्त्री

१०० सालमा निर्माण भएको मंगलनाथ महादेव, श्रावनमा दर्शनार्थीको भीड

प्रतिक्षा खबर
२०७८ श्रावण १३, बुधबार २०:२२

धर्मेन्द्र कुमार यादव- महोत्तरी,
महोत्तरीको सोनमा गाउपालिका ६ मगर थाना स्थित मंगल नाथ महादेव पुर्वकाल देखि जलमै बसेर भक्त जन हरुको इच्छा पूरा गरीरहेको छ । करिव २०-२५ फिट पानीको तल बसेर भक्त जनहरुले मागे अनुसारको फल दिने गरेको छ।

गाउका बुढा पाकाहरुलाई पनि ईतिहास जानकारी नभएको मंगल नाथ महदेवको छुटै महत्व रहेको छ।

महोत्तरी जिल्लाको महत्वपुर्ण देव स्थलहरु मध्ये एक मंगल नाथ महादेव पनि पर्छ । सदरमुकाम जलेश्वर भन्दा करिब ३० कि मि पश्चिममा पर्ने यो देव स्थल जलमा बस्ने एउटै जिल्लामा दोस्रो महादेव हो, जिल्लाको जलेश्वरमा जलेश्वर महादेव र मंगल नाथ महादेव र हेको छन ।

कहिले पनि पानी नसुक्ने यस मन्दिरमा पानी भित्र २ फिट उचाइ र करिब ५-६ फिट मोटो रुद्राक्ष जस्तो शिवलिङ रहेको छ । मन्दिर सहित प्रकट भएको कुरा मन्दिर मा भएका शिलाहरुको बनावट वाट प्रष्ट हेर्न सकिन्छ ।

मन्दिरको उत्पती करिब १०० सालमा भएको होला भने कुरा शिलामा आपरुपी लेखिएको छ। ४०-५० बर्ष पहिले पुरानो मन्दिर लाई तोडेर गाउलेको सहयोगमा करिब ५० फिट लामो आकर्षण मन्दिरको निर्माण गरिएको छ ।

पर्यटकिय रुपमा पनि विकास भइरहेको यस मन्दिरमा गाउकै दुई जनाले पार्वती र गनेश भगवानको मन्दिर निर्माण गरेका छन । यस मन्दिर परिसरमै एउटा इनार र मन्दिरको पूर्व पट्टि ठूलो पिपलको रुख आकर्षणको रुपमा रहेको छ, त्यस भन्दा पुर्व शिवसागर नामको पोखरी रहेको छ । मन्दिर भन्दा करिब ४०० मिटर उत्तरमा एउटा अर्को इनार रहेको र यस इनारको पनि ईतिहास मन्दिर संगै जोडिएको कुरा मन्दिरका पुजारी राज देव गिरी ले बताएका छन प्रत्येक साल फाल्गुण शिवरात्रीमा चार दिन सम्म ठूलो मेला लाग्ने गर्छ, त्यस्तै श्रावन महिनामा प्रत्येक सोमबारका दिन सिरहाको उत्तर बाहिनी कमला नदि बाट जल ल्याएर चढाउने गरिन्छ, त्यस्तै वर्ष भरिनै आइतबारका दिन श्रधालु द्वारा जल चढाउने गरिन्छ भने कुरा स्थानिय अशेसर प्रसाद यादवले जनाएका छन ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर