Advertisement
ताजा खबर
जानकी मन्दिरबाट लखेटिए हर्क साम्पाङका कार्यकर्ता एकडारा गाउँपालिकामा नियमित खोप सेवा अब वडा नं. १ का चार स्थानबाट, जन्मदेखि २३ महिनासम्मका बालबालिकाले पाउने सुविधा समायोजन विवादका कारण लोसपा र जसपा नेपालले बोलाए छुट्टाछुट्टै बैठक राप्रपा सांसद खुश्बु ओलीको चरित्रहत्या गरेको आरोपमा २ जना पक्राउ अदालतबाट हतकडीसहित थुनुवा फरार शेख हसिनाको ९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफत थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग

जनमत पार्टीले शान्तिपूर्ण र्‍याली निकालेर संविधान संशोधनको माग गर्ने

प्रतिक्षा खबर
२०८१ आश्विन २, बुधबार १८:३७

काठमाडौँ । जनमत पार्टीले शान्तिपूर्ण र्‍याली निकालेर संविधान संशोधनको माग गर्ने भएको छ । सो पार्टीका अध्यक्ष डा.सिके राउतले संविधान दिवसको अवसरमा शान्तिपूर्ण रयाली निकाल्न र कोणसभा लगायतका कार्यक्रम गर्न पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिएका हुन् ।

उनले नेता कार्यकर्तालाई विभिन्न कार्यक्रम गरेर संविधान संशोधनका लागि सरकारलाई दबाब दिन भनेका छन् ।  जनमत पार्टीले पूर्ण अधिकार सम्पन्न र स्वायत्त प्रदेश स्थापना, प्रदेशको सिमाङ्कन सच्याउन, निर्वाचन क्षेत्र भाषिक तथा जनसङ्ख्याको अधारमा निर्वाचन क्षेत्र निर्धारण गर्न, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री र मुख्यमन्त्रीको व्यवस्था र सामाजिक लोकतन्त्र कायम गर्नुपर्ने माग गर्दै आएको छ ।

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपालले भने संविधान दिवसको विरोध गर्दै कालो दिवसको रूपमा मनाउने निर्णय गरेको छ । ती पार्टीका नेता तथा कार्यकर्तालाई सोही अनुसारको निर्देशन पनि पठाइएको छ ।

असोज ३ गते मनाउने संविधान दिवसलाई समर्थन गर्ने वा विरोध गर्ने विषयमा जनमत पार्टीले भने केही बोलेको छैन । पार्टीका उपाध्यक्ष ई.दीपक साहले शान्तिपूर्ण र्‍याली निकालेर संविधान संशोधनको माग गर्ने बताए ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर