Advertisement
ताजा खबर
लेखा समितिको सभापतिमा एमाले र नेकपाले कांग्रेसलाई सघाउने लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाको निर्णय डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको यथावत मिथिला क्षेत्रमा जुडशीतल पर्व मनाइँदै जलेश्वरमा अमरेशविरुद्ध रास्वपाका कार्यकर्ताको नाराबाजी आशा भोसलेको निधन रास्वपालाई प्रचण्डको चेतावनी- संविधानमाथि छेडखानी भए सडक र सदनबाट प्रतिवाद गर्छौं इस्लामावाद शान्तिवार्ता सुरु : सन् १९७९ पछि पहिलो पटक अमेरिका-इरानबीच उच्चस्तरीय संवाद उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित महाेत्तरी क्षेत्र नं४ बाट निर्वाचित गौरी यादव बनिन् उद्योगमन्त्री
लेखा समितिको सभापतिमा एमाले र नेकपाले कांग्रेसलाई सघाउने लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाको निर्णय डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको यथावत मिथिला क्षेत्रमा जुडशीतल पर्व मनाइँदै जलेश्वरमा अमरेशविरुद्ध रास्वपाका कार्यकर्ताको नाराबाजी आशा भोसलेको निधन रास्वपालाई प्रचण्डको चेतावनी- संविधानमाथि छेडखानी भए सडक र सदनबाट प्रतिवाद गर्छौं इस्लामावाद शान्तिवार्ता सुरु : सन् १९७९ पछि पहिलो पटक अमेरिका-इरानबीच उच्चस्तरीय संवाद उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित महाेत्तरी क्षेत्र नं४ बाट निर्वाचित गौरी यादव बनिन् उद्योगमन्त्री

महोत्तरीको सात स्थानिय तहका किसानहरु प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट बंचित

प्रतिक्षा खबर
२०७९ भाद्र २६, आईतवार २२:००

गोपाल झा
महोत्तरी, भाद्र २६ गते तरकारी एवम् माछा खेतीमा आत्मनिर्भर बनाउने उद्देश्यका साथ महोत्तरीमा संचालित प्रधानमन्त्री कृषि आधुनिकरण परियोजनाबाट अझैसम्म दक्षिणवर्तीका सातवटा स्थानिय तहका कृषकहरु बंचित रहेका छन् ।
सिंचाई सुविधा नभएको तथा सुख्खा एवम् बाढीको उच्च जोखिममा रहेको जलेश्वर, मटिहानी, मनरासिस्वा र बलवा नगरपालिका तथा पिपरा, एकडारा तथा महोत्तरी गाउँपालिकाका कृषक यस परियोजनाबाट सुविधा पाउन बंचित रहेका छन् । परियोजना कार्यान्वयन एकाइ महोत्तरीका प्रमुख निमित्त बरिष्ठ कृषि अधिकृत राजिव कुमार यादवले दक्षिणवर्ती पालिकाहरूमा क्षेत्र बिस्तारका लागि जिल्लास्तरीय निणर्य केन्द्रमा पठाइएकोमा कुनै प्रतिक्रिया नआएको बताएका छन् ।
परियोजना अन्तर्गत महोत्तरीको आठवटा स्थानिय तहमा राष्ट्रिय महत्वका प्राथमिकता प्रदत्त बस्तुमध्ये तरकारी र माछा उत्पादन गर्ने कृषकलाई सेवा सुविधा दिँइदै आएको छ । वरिष्ठ कृषि अधिकृतको दरबन्दी रिक्त रहेको परियोजना कार्यान्वयन एकाइले जिल्लाको भंगहा, लोहारपट्टी, रामगोपालपुर, औरही र गौशाला नगरपालिका त्यस्तै सोनमा र समसी गाउँपालिकालाई माछा जोन तथा लोहारपट्टी नगरपालिकाबाहेक सोही पालिकाहरूमा तरकारी जोनका लागि कार्यक्षेत्र छुट्टाइएको छ । तरकारी जोनमा बर्दिवास नगरपालिका समेत रहेको एकाइ प्रमुख यादवले जानकारी दिएका छन् ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना २०७३ श्रावणदेखि संचालन भएकोमा महोत्तरी जिल्लामा आर्थिक बर्ष २०७६/७७ बाट लागू भएको हो । एकाइ प्रमुख यादवले चालू आर्थिक बर्ष २०७९/८० का लागि बीउ केन्द्र स्थापना, ह्याचरी निर्माण, माछा पोखरी निर्माण, माछापसल संचालन, बजारीकरण, सिंचाइ पुर्वाधार निर्माण तथा मर्मत सम्भार, तरकारी क्षेत्र, उन्नत प्रविधि बिस्तारसहितको कार्यक्रम रहेको बताएका छन् । उनले प्रत्येक बर्ष ५० हेक्टर सिंचित क्षेत्र , ७०-८० हेक्टर जग्गामा नयाँ पोखरी निर्माण तथा एकसय हेक्टरमा तरकारी खेती बिस्तार हुने गरेको बताएका छन् ।
महोत्तरी जिल्लामा तरकारी र माछाको उत्पादन र आत्मनिर्भरतासँग सम्बन्धित कुनै किसिमको तथ्यांक उपलब्ध हुन सकेको छैन । एकाइ प्रमुख यादव भन्छन्,‘पालिका र प्रदेशस्तरबाट समेत यस्ता कार्यक्रमहरू संचालित छन् । जिल्लामा तरकारी र माछाको स्थानीय उत्पादन र आवश्यकताको एकीकृत तथ्यांक कतैबाट उपलब्ध हुनसकेको छैन ।
एकडारा गाउँपालिका १ का तरकारी खेती गर्दै आईरहेका कृषक धिरेश मण्डलले जिल्लाको दक्षिणवर्ती पालिकाहरूमा माछा पोखरी निर्माण, साना सिंचाई जडान र तरकारी क्षेत्र विस्तारको कार्यक्रम संचालन भएमा भारतीय बजार माथिको निर्भरता कम हुने जिकिर गरेका छन् । भारतीय क्षेत्रमा उत्पादित तरकारी र माछा यस जिल्लाका बजारहरूमा निर्बाद रुपले बिक्री हुँदै आएको र यहाँको उत्पादन नेपालकै अन्य जिल्लामा पुग्ने अवस्थाको अन्त्यतर्फ कसैको ध्यान जान न सकेको उनको दुखेसो छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर