Advertisement
ताजा खबर
शेख हसिनाको ९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफत थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी

भुटानी शरणार्थी प्रकरणमा बेचन झाको इन्कारी बयान, पोलिग्राफ जाँच गर्न मानेनन्

प्रतिक्षा खबर
२०८१ श्रावण ३०, बुधबार १५:४९

३० साउन, काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपी बेचन झाले पोलिग्राफ जाँच गराउन नमानेको खुलेको छ ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसन्धान अधिकृतहरुले उनको बयानबारे सत्यता परीक्षण गर्न पोलिग्राफ जाँच गराउने कोसिस गरे पनि मानेको खुलेको हो ।

झाविरुद्ध जिल्ला अदालत, काठमाडौंमा दायर मुद्दासँगै उनले पोलिग्राफ परीक्षण गर्न नमानेको व्यहोराको प्रतिवेदन पनि समावेश गरिएको छ ।

सरकारी वकिलको रोहबरमा प्रहरीसँग उनले इन्कारी बयान दिएका थिए । उनले नक्कली भुटानी शरणार्थी प्रकरणबारे आफूलाई केही थाहा नभएको बताएका थिए ।

अनुसन्धानका क्रममा प्रहरी अर्का आरोपी रामशरण केसीले झाको नाममा काटिदिएको दुई करोड रुपैयाँको चेक पनि बरामद गरेको थियो । त्यसबारे पनि आफूलाई थाहा नभएको उनले बताएका थिए ।

अनुसन्धान अधिकृतहरुले झा र केसीबीच भएको संवादको एउटा अडियो पनि उनलाई सुनाएका थिए । त्यो पनि आफ्नो आवाज नभएको उनले जिकिर गरेका छन् ।

केसीले बयान दिएअनुसार, मन्त्रिपरिषद्मार्फत केही निर्णय गराउनलाई केसीले त्यो रकम मागेका थिए । चेक दिन जाँदा गरेको कुराकानीको अडियो उनले प्रहरीलाई उपलब्ध गराएका थिए ।

अधिकृतहरुका अनुसार, अडियोमा केसीले मन्त्रिपरिषद्बारा निर्णयहरु भए/नभएकोबारे सोधेका छन् । त्यसक्रममा केसीलाई आश्वस्त पार्न समेत खोजिएको छ । तर, झाले भने त्यो अडियो पनि आफ्नो नभएको भन्दै परीक्षण गर्न तयार भएको भनेका छन् ।

उनीविरुद्ध ठगी र संगठित अपराधको कसुरमा मंगलबार जिल्ला अदालत, काठमाडौंमा मुद्दा दर्ता भएको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर