Advertisement
ताजा खबर
मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर दुर्गा भवानीको गुञ्जियो जयजयकार, नवरात्रको पहिलो दिन एकडारामा भव्य कलश शोभायात्रासहित घटस्थापना बिधि सम्पन्न ११ वर्षपछि गाउँब्लकवासीले पाए लालपुर्जा, एकडारामा २५० जग्गाधनीलाई वितरण दिग्गज बलिउड अभिनेता नाना पाटेकरको निधन चाडपर्व लक्षित महोत्तरीमा सुरक्षाब्यवस्था कडा , सीमामा २४ घण्टा निगरानी

☰

२५ वटा कारागारबाट १० हजार कैदी फरार

प्रतिक्षा खबर
२०८२ भाद्र २५, बुधबार १९:५९
जेनजी प्रदर्शनपछि २५ वटा कारागारबाट कैदीबन्दी फरार भएका छन् । करिब १० हजार कैदीबन्दी भागेको कारागार व्यवस्थापन विभागका सूचना अधिकारी सन्देश जोशीले रातोपाटीलाई बताए

कारागार कार्यालय डडेलधुरा, सप्तरी, सुनसरी, रुकुम पश्चिम, कपिलवस्तु, म्याग्दी र धादिङ लगायतका जिल्लाबाट कैदीबन्दी भागेका हुन् ।

काठमाडौँको केन्द्रीय कारागार र ललितपुरको नख्खु कारागारबाट पनि कैदीबन्दी भागेका छन् । डिल्लीबजार कारागारमा आगजनी गरेर भाग्न खोजेका कैदीबन्दीलाई सेनाले नियन्त्रणमा लिएर अड्डासार गरेको छ ।

कारागारबाट फरार भएका मध्ये सप्तरीबाट ४ जना, सुनसरीबाट २ सय २ जना, रुकुम पश्चिमबाट ४३ जना र कपिलवस्तुबाट ५० जनालाई नियन्त्रण लिइएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । म्याग्दी कारागारबाट भागेका ४ जनालाई सेनाको टोलीले नियन्त्रणमा लिएको छ ।

कारागारबाट फरार भएकाहरू मध्ये कतिपय आफैँ फर्किरहेको विभागका सूचना अधिकारी जोशीले बताए । उनले भने, ‘कतिपय आफैँ फर्किँदै छन्, केहीलाई सुरक्षाकर्मीहरूले नियन्त्रणमा बुझाउँदै छन् ।’

काभ्रेको धुलिखेल कारागारमा कैदीबन्दी र प्रहरीको बिचमा झडप भएको छ । हाल झडप नियन्त्रणमा आएको सेनाले जनाएको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर