Advertisement
ताजा खबर
जनकपुरमा सरकार र संयुक्त हिन्दु मोर्चाबीच सहमति मधेशका विभिन्न जिल्लामा निकालियो सद्भाव र्‍याली धनुषामा सर्वपक्षीय बैठक सुरु बालबालिकालाई अत्यावश्यक बाहेक बाहिर जान नदिन मधेश सरकारको अपिल ‎बरहथवामा प्रदर्शनमा संलग्न चार जना स्थानीयको सक्रियतामा प्रहरीको जिम्मा लगाइयो शम्सीमा विश्व मानव बेचबिखन विरुद्ध दिवसको अवसरमा जनचेतनामूलक कार्यक्रम सम्पन्न धनुषा रेडक्रसमा तदर्थ समिति गठनप्रति असन्तुष्टि, निर्णय सच्याउन माग जलेश्वरस्थित होमियोप्याथी सेवाप्रति बिरामीको बढदै विश्वास , दैनिक २०–३० जनाले लिँदै उपचार सेवा विरोधपछि ‘मधेश प्रदेश आम सञ्चार विधेयक, २०८२’ तत्कालका लागि रोकियो ‎सर्लाहीमा १२ लाखभन्दा बढी मूल्यको अवैध मदिरा र पिकअपसहित दुई जना नियन्त्रणमा

बङ्गलादेशमा बस्ने नागरिकका लागि भारतले जारी गर्‍यो एडभाइजरी

प्रतिक्षा खबर
२०८१ श्रावण ३, बिहीबार २१:२३

ढाका । बङ्गलादेशमा सरकारी जागिरमा आरक्षणको व्यवस्थाविरुद्ध विद्यार्थीहरूले व्यापक प्रदर्शन गरिरहेका छन् । हालै मात्र त्यहाँ हिंसात्मक आन्दोलनका क्रममा केही विद्यार्थीको मृत्यु पनि भयो ।

बङ्गलादेशमा जारी विरोध प्रदर्शनलाई दृष्टिगत गरेर ढाकास्थित भारतीय उच्चायोगले त्यहाँ बस्ने भारतीयहरूका लागि एडभाइजरी जारी गरेको छ । एडभाइजरीमा भारतीयहरूलाई यात्रा नगर्न र आफू बस्ने गरेको भवनको परिसरबाट सकेसम्म कम बाहिर निस्कन सल्लाह दिइएको छ ।

आपतकालीन स्थिति उत्पन्न भयो भने उच्चायोग र सहायक उच्चायोगसँग सम्पर्क गर्न सल्लाह पनि दिइएको छ । उच्चायोगले यस सम्बन्धमा आपत्कालीन नम्बरहरू समेत जारी गरेको छ ।

विगत केही दिनदेखि बङ्गलादेशमा विश्वविद्यालयका विद्यार्थीहरूले सन् १९७१ को मुक्ति सङ्ग्राममा लडेका सैनिकका छोराछोरीलाई सरकारी जागिरमा आरक्षणको चर्को विरोध प्रदर्शन गरिरहेका छन् । सन् १९७१ मा पाकिस्तानबाट स्वतन्त्रताका लागि लड्नेहरूलाई बङ्गलादेशमा ‘युद्ध नायक’ भन्ने गरिएको छ । देशको एक तिहाइ सरकारी जागिरमा यी युद्ध नायकका सन्तानका लागि आरक्षणको व्यवस्था गरिएको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर