• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

मधेस सरकार सङ्कटमा


मधेस सरकार सङ्कटमा, केन्द्रमा आयो विवाद

मधेस प्रदेश सरकारका मुख्यमन्त्री सतिश सिंहले विश्वासको मत लिएलगत्तै सरकारमाथि सङ्कट उत्पन्न भएको छ

मन्त्रालय बाँडफाँटमा कुरा नमिलेपछि जनमत पार्टी नेतृत्वको सरकारको विकल्प खोज्न थालिएको छ । मधेस प्रदेशका कांग्रेस, लोकतान्त्रिक समाजवादी पार्टी र एमालेले यस विषयमा छलफल गरिरहेका छन् ।

कांग्रेसले अर्थ मन्त्रालयसहित चार वटा र लोसपाले दुई वटा मन्त्रालय मागिरहेको छ । तर जनमत पार्टीले कांग्रेसलाई अर्थबाहेक तीन वटा र लोसपालाई एक मन्त्री र एक राज्यमन्त्री दिने भनिरहेको छ ।

कांग्रेस र लोसपा भने जनमतको सो प्रस्ताव मान्ने पक्षमा छैनन् । दुवै दल आ–आफ्नो अडानमा छन् । परिणामस्वरुप मधेसको विवाद केन्द्रमा आइपुगेको छ ।

केन्द्रमा एमालेका अध्यक्ष केपी शर्मा ओली, कांग्रेसका सभापति शेरबहादुर देउवा र लोसपाका अध्यक्ष महन्थ ठाकुरको बिचमा कुराकानी भइरहेको बताइएको छ ।

जनमत पार्टीका मधेस प्रदेश सांसद एवं संसदीय दलका नेता महेश यादवले मन्त्रालयको सङ्ख्यामा विवाद नरहेको भन्दै मुख्य विवाद अर्थ मन्त्रालयमा रहेको बताए । जसको नेतृत्वमा सरकार हुन्छ, त्योसँग  अर्थ मन्त्रालय रहने गरेको विगतदेखिकै उदाहरण रहेको भन्दै उनले जनमतको नेतृत्वमा सरकार रहेकाले अर्थ मन्त्रालय जनमतले नै राख्ने बताए ।

विगतमा जसपा नेपालले लामो समय मधेस सरकारको नेतृत्व गर्दा उसले पनि अर्थ मन्त्रालय आफूसँगै राखेको भन्दै यादवले त्यतिबेला कुनै दलले विरोध नगरेको स्मरण गराए । उनले भने, ‘कुरा मिल्छ, यो ठुलो विवाद होइन, केन्द्रले यो विषयमा चाँडै टुङ्गो लगाउँछ ।’

कांग्रेसका प्रदेश संसदीय दलका नेता कृष्ण यादवले सहमति अनुसार कुरा अगाडि बढेन भने विकल्प खोजिने बताए । उनले भने, ‘हामीले अर्थ मन्त्रालयसहित चार वटा मन्त्रालय मागेका छौँ, त्यसमा हाम्रो सहमति थियो तर अहिले मुख्यमन्त्रीले मानिरहनु भएको छैन । अर्थ मन्त्रालय पाएनौँ भने हामी सरकारमा जाँदैनौँ । आवश्यक परे जनमत सरकारको विकल्प खोज्छौँ ।

मधेस प्रदेशमा देखिएको विवादको बारेमा केन्द्रलाई जानकारी गराइसकेको बताउँदै उनले केन्द्रले यसलाई चाँडै टुङ्गो लगाउने बताए ।

लोसपाका महासचिव मनिष मिश्रले मधेस प्रदेशको विवादको बारेमा केन्द्रमा छलफल चलिरहेको बताए । लोसपाले दुई वटा मन्त्रालयमा दाबी गरेको भन्दै उनले यो विषय चाँडै नै टुङ्गो लाग्ने प्रस्ट पारे ।

अहिलेको मधेस सरकारमा जनमत र एमालेका मन्त्रीमात्र छन् । सरकार विस्तार गर्न नसकेका मुख्यमन्त्री सतिश सिंहले ६ वटा मन्त्रालयको जिम्मेवारी आफैँसँग राखेका छन् ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

महन्थ ठाकुर र उपेन्द्र यादवबीच मनमुटाव
अन्तर्राष्ट्रिय

महन्थ ठाकुर र उपेन्द्र यादवबीच मनमुटाव

२६ असार २०८१, मंगलवार
अन्तर्राष्ट्रिय

ओली पक्राउको विरोधमा एमालेले घोषणा गर्‍यो देशव्यापी प्रदर्शन

२६ असार २०८१, मंगलवार
अन्तर्राष्ट्रिय

काठमाडौँका पूर्व सीडीओ छवि रिजाल पक्राउ

२६ असार २०८१, मंगलवार
स्ट्रेट अफ होर्मुज भएर आउ-जाउ गर्ने विदेशी जहाजबाट शुल्क उठाउँदै इरान, थप तनावको संकेत
अन्तर्राष्ट्रिय

स्ट्रेट अफ होर्मुज भएर आउ-जाउ गर्ने विदेशी जहाजबाट शुल्क उठाउँदै इरान, थप तनावको संकेत

२६ असार २०८१, मंगलवार
Next Post

झलनाथ खनाल प्रतिष्ठानको सर्प पालनमा भ्रष्टाचार  : विशेषले तोक्यो सजाय, तत्कालीन मन्त्रीलाई ९ वर्ष कैद

देउवासँगको सहकार्य ओलीमाथि ‘तरबार’


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh