Advertisement
ताजा खबर
जसपा नेपालले सरकार बनाउन कुनै दाबी गरेको छैन: अध्यक्ष यादव सुनकोशीमा जिप खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार

☰

मधेशमा उपभोक्ता समितिबाट काम गराउन संकल्प प्रस्ताव मार्फत थालियो बजेट संशोधन प्रक्रिया

प्रतिक्षा खबर
२०८१ माघ ४, शुक्रबार १८:२०

३ माघ, जनकपुरधाम । उपभोक्ता समितिबाट काम गराउने बाटो खोल्न मधेश सरकारले संकल्प प्रस्ताव मार्फत बजेट वक्तव्य संशोधन गर्ने प्रक्रिया अघि बढाएको छ । चालु आर्थिक वर्षको बजेट वक्तव्य संशोधन गर्न सत्ता गठबन्धनभित्रको चार र विपक्षी दुई दलले संयुक्त रुपमा संकल्प प्रस्ताव प्रदेशसभामा लगेको हो ।

सत्तारुढ नेकपा एमाले, नेपाली कांग्रेस, लोसपा र सत्ता बाहिर रहेका एकीकृत समाजवादी र राप्रपा सहित ६ दलले संयुक्त रुपमा गत पुस २९ गते संकल्प प्रस्ताव दर्ता गराएका हुन् ।

लोसपा सांसद रुपा यादव प्रस्तावक रहेको उक्त प्रस्तावमा एमालेबाट पल्टी देवी महरा, कांग्रेसबाट अञ्जना पण्डित, जनमतबाट हसिना खातुन, एकीकृत समाजवादीबाट रत्नेश्वर गोइत र राप्रपाबाट कञ्चन विच्छा समर्थक छन् ।

सभामुखबाट संकल्प प्रस्तावमा सैद्धान्तिक सहमति भएपछि सांसदहरूलाई अध्ययनका लागि वितरण गरिने प्रदेशसभाका सचिवालयले जनाएको छ । माघ ६ गते उक्त प्रस्ताव सदनमा टेबल गर्ने योजना रहेको मधेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री सरोजकमार यादवले बताए ।

चालु आर्थिक वर्षको बजेट वक्तव्यको १४७ नम्बर बुँदामा खुल्ला प्रतिस्पर्धाबाट काम गराउने उल्लेख छ । यो बुँदाले सार्वजनिक खरिद ऐन अनुसार हुने एक करोड भित्रका योजना उपभोक्ता समितिबाट हुने कामलाई निषेध गरेको छ । उपभोक्ता समिति मार्फत काम हुँदा विगतमा योजना खरिद बिक्रि हुने गरेकाले त्यसलाई निस्तेज गर्न बजेट वक्तव्यमा उत्त प्रस्ताव राखिएको थियो ।

तर, यस प्रावधानले चालु आर्थिक वर्षको ६ महिनामा मधेश सरकारको काम नै ठप्प भएपछि प्रश्न उठ्न थालेको छ । सुरुमा यो बुँदा कार्यान्वयन गराउन दृढ देखिएको जनमत नेतृत्वको सरकार पछाडि हटेर उपभोक्ता समितिको लागि बाटो खेल्ने स्थितिमा पुगेको हो ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर