Advertisement
ताजा खबर
शेख हसिनाको ९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफत थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी

तीन करोडको लागतमा बालकुमारी मन्दिरको पुनर्निर्माण

प्रतिक्षा खबर
२०८१ चैत्र ३१, आईतवार १४:३६

भक्तपुर, चैत ३१ । सूर्यविनायक नगरपालिका–२ बालकोटस्थित बसिक्व टोलमा बालकुमारी माताको परम्परागत शैलीको मन्दिर निर्माण सुरु गरिएको छ ।

मन्दिर, सत्तल, पाटीलगायत संरचना निर्माणका लागि तयार पारिएको गुरुयोजनाअनुसार कूल रु तीन करोड ५० लाखको लागत मन्दिर निर्माण सुरु भएपछि धार्मिक सम्पदा पुनर्निर्माणको काम पूरा गर्न महायज्ञ लगाइने भएको छ ।

आज मन्दिर परिसरमा आयोजना गरेको पत्रकार सम्मेलनमा महायज्ञ आयोजक मूल समारोह समितिका संयोजक इ श्रीराम चपलछें श्रेष्ठले मन्दिरको अधुरो काम पूरा गर्न महायज्ञको आयोजना गर्न लागेको बताउनुभयो । परापूर्वकालमा रहेको लिच्छवीकालीन ढुङ्गेधारासहितको फल्चा, कुवा, पुरिएर लोप भएको अवस्थामा स्थानीय नागरिक स्वर्गीय चन्द्रलाल चपलछें श्रेष्ठको परिवारले २०७२ सालमा वर र पीपलको विवाहसमेत गराई ढुङ्गेधारालगायतको फल्चा, कुवा निर्माण गरेको उहाँले जानकारी दिनुभयो ।

उक्त स्थानमा पर्खाल लगाएर शिवको मन्दिर आठ वटा खोपामा कुमार, गणेश, भीमसेन, दक्षिणकाली, दुर्गा, सरस्वती, विष्णु र विश्वकर्माको मूर्ति स्थापना गरी पूजा गरिँदै आएको छ । नेवारको आराध्यदेव बालकुमारी मन्दिर स्थापना गर्ने योजनाअनुरुप बालकुमारी मन्दिरको स्थापना गरी प्रत्येक वर्ष वैशाख १ गते बिस्केट जात्रामा बालकुमारीको रथ यात्रागरी मन्दिरमा परिक्रमा गर्दै आएको उहाँले जानकारी दिनुभयो ।

बालकुमारी मन्दिरको पुनर्निर्माणका लागि नगरपालिकाबाट पहिलो पटक रु सात लाख ७५ हजार, बागमती प्रदेश सरकारबाट रु १५ लाख बजेट आएर दुई तलाको बालकुमारीसत्तल निर्माण जारी रहेको संयाजक श्रेष्ठले जानकारी दिनुभयो ।

नगरपालिकाबाट आव २०७१/८० मा रु १४ लाख र आव २०८०÷८१ मा रु २० लाख र आव २०८१÷८२ मा रु २५ लाख नगरपालिकाबाट विनियोजन भएको र बागमती प्रदेश सरकारबाट थप रु १२ लाख विनियोजित गरी धार्मिक संरचना निर्माण भइरहेको छ ।

बालकुमारी माताको मन्दिरलगायत विभिन्न धार्मिक संरचनाको निर्माणका लागि कलात्मक काठ खरिद गर्न रु एक करोड ६६ लाख र पित्तलको छानो छाउन रु ७३ लाखलगायत विभिन्न संरचना निर्माण सम्पन्न गर्न कूल रु तीन करोड ५८ लाखको लागत लाग्ने परियोजनामा उल्लेख छ ।

महायज्ञ सफल पार्न १५१ सदस्य रहेको इ श्रेष्ठको संयोजकत्वमा गठन भएको महायज्ञ आयोजक मूल समारोह समितिले आगामी वैशाख १९ गते शुक्रबारदेखि वैशाख २६ गतेसम्म श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ आयोजना गर्न लागेको उहाँले बताउनुभयो ।

महायज्ञबाट कूल रु दुई करोड ५० लाख रकम सङ्कलन गर्ने लक्ष्य राखेको बताउँदै उहाँले महायज्ञ सम्पन्न भएपछि सङ्कलित रकमबाट आउँदो एक वर्षभित्र मन्दिरका सबै संरचना निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । महायज्ञमा वृन्दावनबाट आमन्त्रण गरिएको अन्तरराष्ट्रिय भागवत प्रवक्ता श्री श्री श्री १००८ महाण्डलेश्वर स्वामी श्री ईश्वर चैतन्यजी महाराजबाट कथा वाचन हुने समितिका रवि चपलछेँ श्रेष्ठले बताउनुभयो ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर