Advertisement
ताजा खबर
लेखा समितिको सभापतिमा एमाले र नेकपाले कांग्रेसलाई सघाउने लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाको निर्णय डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको यथावत मिथिला क्षेत्रमा जुडशीतल पर्व मनाइँदै जलेश्वरमा अमरेशविरुद्ध रास्वपाका कार्यकर्ताको नाराबाजी आशा भोसलेको निधन रास्वपालाई प्रचण्डको चेतावनी- संविधानमाथि छेडखानी भए सडक र सदनबाट प्रतिवाद गर्छौं इस्लामावाद शान्तिवार्ता सुरु : सन् १९७९ पछि पहिलो पटक अमेरिका-इरानबीच उच्चस्तरीय संवाद उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित महाेत्तरी क्षेत्र नं४ बाट निर्वाचित गौरी यादव बनिन् उद्योगमन्त्री

जनमत पार्टीको कार्यकर्ताले गरेको दुर्ब्यवहार बिरुध (ने.अ.न)का अध्यक्ष ई.अभिषेक र महा सचिव ई. आलोक साहले बुझाए ज्ञयापन पत्र

प्रतिक्षा खबर
२०७८ कार्तिक ८, सोमबार १९:५५

हरेन्द्र कुमार साह
रौतहट कार्तिक ०७ । संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय जनकपुरधामका आयोजना प्रमुख ई. राजेश कुशवाहा लगायत अन्य कर्मचारीहरू माथि सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताहरूबाट कार्तिक ४ गतेका दिन गरिएको अमानवीय व्यवहार प्रति नेशनल इन्जिनियर एशोसिएशन नेपालको गम्भीर ध्यानाकर्षण भएको छ ।

राष्ट्र सेवक कर्मचारी माथि गरिएको दुर्ववहार अपराधजनक, देशमा उदण्डता, अराजकताको पराकाष्टको कदम चालिएको हो । तसर्थ देश विधिको शासनमा चल्ने र सो विधिलाई पालना गर्दै जनसेवामा दिनरात खटिएका राष्ट्र सेवक कर्मचारी प्रतिको अमर्यादित ढङ्ग्ले घटाईएको घटनामा संलग्न असमाजिक तत्वहरूलाई तत्काल कानुनी दायरामा ल्याई कडा भन्दा कडा कार्वाही गर्न नेपाल सरकारसँग नेशनल इन्जिनियर एशोसिएशन नेपालले आईतवार जिल्ला प्रशासन कार्यालय रौतहटका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर शाहीलाई ज्ञापनपत्र बुझाएको छ ।
नेशनल इन्जिनियर एशोसिएशन नेपालका जिल्ला (ने.अ.न.) अध्यक्ष ई.अभिषेक कुमार गुप्ता र महा सचिव ई.आलोक साहको नेतृत्वमा अरुन यादव, अजय यादव, रवि यादव, रन्जित यादव, नवीन यादव, राजु साह, बिरेन्द्र ठाकुर, सतिश पन्डित, रन्धिर साह र अनिल यादव समेतको सभागितामा सो ज्ञापनपत्र बुझाएको छ ।

जनमत पार्टीका नेता कार्यकर्ताहरू द्वारा राष्ट्र सेवक कर्मचारी माथिको दुर्ववहार र यस्तो अन्य कुनै अमानवीय घटना राष्ट्र सेवक कर्मचारीहरू माथि जिल्लाको कुनै पनि स्थानमा भए वा दोहोरिने शंका समेत लागेमा सिधै जिल्ला प्रशासन कार्यालय रौतहट र जिल्ला प्रहरी कार्यालय रौतहटलाई जानकारी गराउनु र त्यस्तालाई कडा भन्दा कडा कानुनी दायरामा ल्याइ कारबाहि अगाडि बढाउन तयार रहेको कुरा प्रमुख जिल्ला अधिकारी शाहीले बताउनुका साथै प्रतिबद्धता समेत गर्नु भएका छ्न ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर