Advertisement
ताजा खबर
शेख हसिनाको ९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफत थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी

मधेश अहिले पनि आन्तरिक उपनिवेशमा छ : महन्थ ठाकुर

प्रतिक्षा खबर
२०८१ असार ४, मंगलवार १८:०४

४ असार,रामगाेपालपुर। लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले मधेशमा अहिले पनि आन्तरिक उपनिवेश रहेको बताएका छन् ।
मंगलबार प्रतिनिधिसभामा मन्त्रालयगत बजेटमाथि छलफलमा भाग लिएका उनले राज्यले मधेशीमाथि अन्याय गरेको बताए ।
‘मधेश त अहिले पनि नेपाल राज्यको आन्तरिक उपनिवेश हो, उपनिवेशको आफ्नो बोली हुँदैन, भाषा हुँदैन, आफ्नो व्यक्तित्व हुँदैन, मास्टरको जो बोली हुन्छ, त्यही त्यहाँको बोली हुन्छ, त्यही त्यहाँको जनताको बोली हुन्छ,, उपनिवेशको बोली सुन्दैन, हामी जता गए पनि जे भने पनि हाम्रो बोलीको महत्व हुँदैन’, ठाकुरले भने ।
मधेश आन्दोलनका नेताहरु अभिराम शर्मा, रामशंकर मिश्र, सुरेश पाण्डे, धर्मेन्द्र रायलगायतलाई अदालतले जेल सजाय सुनाएको भन्दै ठाकुरले नेपाल राज्यको चरित्र जस्तो छ,, अदालतमा पनि त्यस्तै देखिएको बताए ।
नेपालको इतिहास शान्तिपूर्ण नभएको भन्दै उनले विगतदेखि नै विभिन्न आन्दोलन हुँदै आएको तर अहिले मधेश आन्दोलनमा सहभागीहरुले मात्र मुद्दा बोक्नुपरेको टिप्पणी गरे ।
‘यहाँ पुराना पार्टीहरु जम्मै हतियार उठाएर नै आएका छन् । माओवादी जनयुद्ध गरेर नै आएको छ, तर बताउन सक्नुहुन्छ ? उनीहरु कसैको माथि मुद्दा छ ? अनि त मधेशीहरु माथि नै किन ?’, उनले प्रश्न गरे ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर