गोपाल झा
महोत्तरी , श्रावण , १७ गते
उँखु खेतमा लुकाईएर राखेको वेवारीस अबस्थामा ६० किलो गाँजा महोत्तरी प्रहरीले बरामद गरेको छ ।
महोत्तरी जिल्लाको औरही नगरपालिका-२ फुलवरिया देखी चेपकट गाउँ जाने कृषि सडक छेउमा रहेको उखु खेतमा वेवारिस अवस्थामा तीन वटा पोकामा रहेको करीब ६० किलो गाँजा प्रहरीले बरामद गरेको छ ।
औरही नगरपालिका २ फुलवरिया बस्ने स्थानीय श्याम श्रेष्ठले लगाएको उखु खेतमा उक्त गाँजाको पोका लुकाई छिपाई राखेको बखत खेतमा काम गर्न गएको कामदारहरुले देखे पछि शंकास्पद बस्तु हुन सक्ने आशंका भए पछी खेत धनी श्रेष्ठले ईलाका प्रहरी कार्यालय गौशाला र प्रहरी चौकी औरहीमा खबर गरेका थिए ।
प्रहरी चौकी औरहीबाट प्र.स.नि राम प्रवेश महतोको कमाण्डमा खटिएको टोलीले गाँजाको पोका रहेको एकिन गरि प्रतिबनधीत लागुऔषध गाँजा बरामद गरेको हो ।
सुचना पाए लगतै पुगेका प्रहरी टोलीले तीन वटा पोकामा करिब ६० के.जी अबैध गाँजा रहेको उक्त गाजा बरामद गरि ईलाका प्रहरी कार्यालय गौशाला पठाईएको ईलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक मनोज यादवले जानकारी गराएका छन् ।
उक्त गाजा कसले खेतमा राखेको भन्ने पहिचान नभएको र अन्य अनुसन्धान एबम गाजा धनिको खोजि तलासी भई रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका नायब उपरिक्षक दिलीप कुमार गीरी जानकारी गराएका हुन् ।
बरामद गरीएको गाँजाको मुल्य अन्दाजी ५ लाख बराबर रहेको प्रहरीले अनुमान गरेका छन् ।







