Advertisement
ताजा खबर
शेख हसिनाको ९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफत थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी

जसपा र माओवादीको छुट्टै गठबन्धन बन्ने

प्रतिक्षा खबर
२०७९ बैशाख ६, मंगलवार २०:५४

स्थानीय निर्वाचनमा उम्मेदवारी दिने समय नजिकिएको छ । तर पाँच दलीय सत्ता गठबन्धनमा भागबण्डाबारेको मुद्दा अझै पेचिलो बन्दै गएको छ । यस क्रममा काँग्रेससँग कुरा नमिले सत्ता गठबन्धनभित्र जसपा र माओवादीको छुट्टै गठबन्धन बन्ने स्थिति देखिएको छ । पाँच दलको गठबन्धनभित्र यी दुई दलको बीचमा छुट्टै गठबन्धन रहेको भन्दा पनि हुन्छ ।
गठबन्धनमा राख्ने प्रस्ताव होस् या कुनै छलफलको विषय दुवै दलको समान विचार हुन्छ । यदि स्थानीय चुनावमा अन्य दलको बीचमा गठबन्धन हुन नसके यी दुई दलको बीचमा गठबन्धन हुने यी दुई दलले अनौपचारिक सहमति पनि गरिसकेका छन् । सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, जसपाका अध्यक्ष एवं संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराईबीच भएको छलफलले उक्त विषयमा सहमति भएको बताइन्छ ।
उक्त छलफलले मूर्त रूप लिने सङ्केत सिरहाको लहान नगरपालिकामा आइतबारै देखिएको छ । पाँच दलीय गठबन्धनबाट चुनाव नलड्ने काँग्रेसले निर्णय गरिसकेपछि जसपा र माओवादी केन्द्रबीच चुनावी गठबन्धन गर्ने निर्णय भएको छ । जसपाका नेता राकेश रोशन गुप्ताका अनुसार लहान नगरपालिकाको मेयर जसपाले लिनेछ भने उपमेयर माओवादी केन्द्रले लिनेछ । २४ वटा वडामध्ये १४ वटा जसपा र १० वटा माओवादी केन्द्रले लिने सहमति भएको नेता गुप्ताले बताए ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर