बुटवल । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले राजनीतिक स्थिरता बिना मुलुकको विकास नहुने बताएका छन् ।
सोमबार जसपा नेपाल जिल्ला समिति रुपन्देहीले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा उनले नेपालको राजनीतिक इतिहासमा कुनै पनि सरकार ५ वर्षसम्म चल्न नसकेको बताए ।
उनले राजनीतिक अस्थिरताले विकासको गति रोकिने बताए ।
अध्यक्ष यादवले पार्टी फुट्यो भनेर व्यर्थमा चिन्ता नगर्न नेता तथा कार्यकर्ताहरूलाई आग्रह गरे । उनले भने, ‘जो गयो, त्यो आफ्नो थिएन, जो आफ्नो हो, त्यो पार्टीको साथमा छ । त्यसैले पार्टी छोडेर गएकाप्रति धेरै चिन्ता नगरौँ । जुन देशमा राजनीतिक स्थिरता हुँदैन त्यहाँ पार्टीको स्थिरता पनि हुँदैन ।
गैरकानूनी रूपमा जसपा नेपाल फुटाइएको घोषणा गरेको भन्दै उनले १ प्रतिशत कार्यकर्ता पनि अर्को पार्टीमा नगएको दाबी गरे ।










































































































