Advertisement
ताजा खबर
शेख हसिनाको ९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफत थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी

खगेन्द्र सुनारको स्टाटसप्रति जसपाको चेतावनी: ‘दुष्प्रचार बन्द गर, होइन भने प्रमाण पेश गर´

प्रतिक्षा खबर
२०८१ चैत्र ११, सोमबार १९:०४

सितल साह, सिरहा , चैत्र ११ — जनता समाजवादी पार्टी, नेपाल (जसपा) का अध्यक्ष माननीय उपेन्द्र यादवमाथि सामाजिक सञ्जालमार्फत लगाइएको आरोपप्रति पार्टीको निजी सचिवालयले कडा खण्डन गर्दै प्रेस विज्ञप्ति जारी गरेको छ। जसपाको अनुसार खगेन्द्र सुनारद्वारा वा उनको नामबाट फैलाइएको आरोप पूर्णतः झुटा, भ्रामक, निराधार, घृणित, अमर्यादित, संस्कारहीन र आपराधिक प्रवृत्तिबाट प्रेरित छन्।

विज्ञप्तिमा उल्लेख गरिएअनुसार सामाजिक सद्भाव र सहिष्णुतामा खलल पुर्‍याउने उद्देश्यले नियोजित रूपमा यो दुष्प्रचार गरिएको छ। व्यक्तिको चरित्र हत्या र समाजमा घृणा फैलाउने उद्देश्यले प्रेरित यस खालको अभियानप्रति पार्टी गम्भीर आपत्ति जनाउँदै त्यसमा कुनै पनि सत्यता नरहेको स्पष्ट पारेको छ।

जसपाले यस्तो सस्तो लोकप्रियता कमाउने प्रयोजनले लगाइएका आरोपलाई प्रमाणसहित पुष्टि गर्न सम्बन्धित पक्षलाई चुनौती दिएको छ। साथै, यदि प्रमाणित गर्न नसकिने हो भने तत्काल यस्तो आपराधिक मानसिकता अन्त्य गरी दुष्प्रचार बन्द गर्न चेतावनी दिइएको छ।

विज्ञप्तिमा स्मरण गराइएको छ कि जसपा नेपालले मधेशी, दलित, मुस्लिम, आदिवासी जनजाति, महिला, उत्पीडित, शोषित, सीमान्तकृत लगायत समुदायका हक, अधिकार, समानता र पहिचानका लागि ऐतिहासिक रूपमा निरन्तर संघर्ष गर्दै आएको छ। जातीय विभेद अन्त्य र सामाजिक न्यायको पक्षमा सदैव अडिग रहेको जसपाले सम्पूर्ण उत्पीडित जात/जनजातिका अधिकारका लागि निरन्तर प्रतिबद्धता जनाएको छ।

प्रेस विज्ञप्तिमा पार्टी अध्यक्ष उपेन्द्र यादवमाथि गरिएको दुष्प्रचारलाई आपराधिक धृष्टता भन्दै रोक्न आग्रह गरिएको छ। जसपाले समाजमा सद्भाव, सहिष्णुता र न्यायको पक्षमा आफ्नो ऐतिहासिक भूमिकालाई निरन्तरता दिने उल्लेख गरेको छ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर