गोपाल झा
महोत्तरी, चैत १२ गते
राष्ट्रिय परीक्षा बोर्डले यही चैत्र १५ गते बिहिबारदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) को सम्पूणर् तयारी पूरा भएको जनाएको छ । यस वर्षको एसईई परीक्षाका लागि महोत्तरी जिल्लाबाट ९ हजार ४ सय ३१ जना विद्यार्थीहरुले एसइई परीक्षा दिने भएका छन् ।
साधारण तर्फसामदुायिक विद्यालयका ३हजार ९सय ८ छात्र,४हजार एक सय ४९ छात्रा र संस्थागत विद्यालयका ४सय ७७ छात्र,२सय ९७ छात्रा गरि कुल ४ हजार ३सय ८५ छात्र र ४हजार ४सय ४६ छात्रा गरि ८ हजार ८ सय ३१ विद्यार्थी सहभागि हुनेछ भने प्राविधिक धार तर्फ सामुदायिक विद्यालयका ३ सय २६ छात्र र १ सय ५८ छात्राले यसपटक परीक्षा दिने भएका छन । त्यसतै ग्रेडवृद्धी तर्फ सामुदायिक विद्यालयका ५३ छात्र र ५६ छात्रा तथा संस्थागत विद्यालयका ६ छात्र र १ छात्रा गरी जिल्लाबाट ९ हजार ४ सय ३१ जना विद्यार्थीहरुले एसइई परीक्षा दिने जनाईएको छ ।
शिक्षा विकास तथा समन्वय इकाइ महोत्तरीका अनुसार जिल्ला स्थित रहेको माध्यमिक विद्यालय स्तरका कुल १३२ विद्यालयका छात्रछात्राहरु सहभागि हुने यस पटकको परीक्षामा कुल ३२ केन्द्र तोकिएको जनाइएको छ । परीक्षामा सहभागि हुने विद्यालयहरुमा १०२ सामुदायिक विद्यालय र ३० संस्थागत विद्यालय रहको शिक्षा विकास तथा समन्वय इकाइका निमित प्रमुख प्रतिभा साहले बताईन ।
चैत १५ गते देखी सुरु हुने एसईई परिक्षालाई मर्यादित बनाउन निष्ठापुर्वक आफ्नो जिम्मेवारी निर्बाह गर्न तोकिएका सबै केन्द्राध्यक्षहरुलाई महोत्तरीका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले निर्देशन दिएका हुन् ।
परीक्षा अमर्यादित बनाउनेलाईकडा कार्यवाही गरिने कडा चेतावनी दिँदै प्रमुख जिल्ला अधिकारी गेलाल विगतका वर्षहरुमा देखिएका वेथितीहरु औल्याउदै कुनै पनि बहानामा परीक्षार्थीलाई चिट चोरी गर्नसहयागे गर्ने कन्द्राध्यक्ष ,निरिक्षक वा जो कुनैलाई काननुी दायरामा ल्याएर कार्यवाही गर्न पछि न हटने बताए ।
यसपालीको एसईई परिक्षामा खटिएका केन्द्राध्यक्ष वाहेक निरिक्षक वा अन्य कर्मचारी र विद्यार्थीसंग परीक्षा हलभित्र मोबाइर्ल लै जान न पाउने भन्दै परिक्षाकेन्द्र क्षेत्रमा मोबाईल पाइए जफत गरिने र काननु अनुसार कार्यवाही समेत हुने बताए ।
परीक्षाथीर्लाइ परीक्षा दिन जाँदा अनुमति दिइएको सामग्री वाहेकको सामग्री जस्तै चिट,गाइर्ड ,गसे पपेर,साईिन्टफिक क्यालकुलेटर आदी फेला परे दिइएको निर्देशिका बमोजिम कार्यवाही हुने बताए ।
यता परीक्षा केन्द्र तोकिएको विद्यालयमा परीक्षा दिन आएका विद्यालयका कुनै पनि शिक्षक वा कर्मचारी सो केन्द्रमा बस्न न पाइने व्यवस्था समेत रहको प्रजिअ गेलालले केन्द्राध्यक्षहरुलाई अवगत गराएका हुन् ।










































































































