Advertisement
ताजा खबर
शेख हसिनाको ९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफत थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी

बसाइसराइ रोक्न ग्रामीण क्षेत्रमा विकासका योजना सञ्चालन

प्रतिक्षा खबर
२०८१ चैत्र २१, बिहीबार १३:३६

म्याग्दी, चैत २१ । सहरी विकास मन्त्रालयले चालु आर्थिक वर्ष २०८१/८२ मा करिब रु. १७ करोडको लागतमा यातायात पूर्वाधार निर्माण सम्बन्धी १६ वटा योजना सञ्चालनमा ल्याएको छ । मन्त्रालय अन्तर्गतको स्थानीय पूर्वाधार विकास आयोजना पोखरा मार्फत् दुई झोलुङ्गे पुल, नौ वटा सडक र सघन सहरी तथा भवन निर्माण आयोजना बागलुङ मार्फत् तीन वटा सडक योजना विभिन्न निर्माण कम्पनीसँग रु. १५ करोड १७ लाख २२ हजार छ सय ४६ मा ठेक्का सम्झौता गरि कार्यान्वयन गरिएको हो ।

चालु आर्थिक वर्षमा रु. एक करोड ६० लाख बजेट बिनियोजन भएको दुई वटा योजना ठेक्का प्रक्रीयामा छन भने रु. एक करोड १० लाख बजेटका दुई वटा योजनालाई बहुबर्षीय ठेक्का आव्हान गर्न मन्त्रालयमा स्रोत सहमतिका लागि प्रस्ताव गरिएको छ ।

झोलुङ्गे पुल बाहेकका आयोजनाहरु चालु आर्थिक वर्षभित्रनै सम्पन्न हुने प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजा (खम्बिर)ले बताउनुभयो । योजनाहरु मार्फत ग्रामिण क्षेत्रमा सहज यातायात सेवाको पहुँच विस्तार भई बसाईसराई घटाउने अपेक्षा गरिएको उहाँले बताउनुभयो ।

सघन शहरी तथा भवन निर्माण योजना मार्फत रु. चार करोड ७५ लाख बजेट बिनियोजन भएको बेनी नगरपालिकामा एकिकृत शहरी पूर्वाधार विकास गर्ने कार्यक्रम अन्तर्गत रु. तीन करोड १९ लाखमा ठेक्का सम्झौता भएको बेनी नगरपालिका–८ कालीपुल देखि वडा नं.–७ मा रहेको दरवाङ बसपार्क जोड्ने बेनी चक्रपथ सडक ढलान गर्ने योजना शुरु भएको छ ।

उक्त कार्यलय मार्फत रु. ६५ लाख ३८ हजार ५३ को लागतमा कुहुँ–टोड्के–झि र रु. एक करोड तीन लाख २८ हजार ६२ मा मौवाफाँट–दग्नाम–दरमिजा–चिमखोला हुदै कुइनेमंगले सडक स्तरोन्नति योजना कार्यान्वयन भएको छ । योजनाका ईञ्जिनियर बिरबल सुनारले ५० शैया क्षमताको बेनी अस्पतालको भवन निर्माण अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो ।

स्थानीय पूर्वाधार विकास आयोजना मार्फत रु. चार करोड ७० लाख ३६ हजार दुई सय ५० को लागतमा धवलागिरी गाउँपालिकाको मराङखोला माथी तीन सय ६५ र मुनाको दरखोला माथी तीन सय ५५ मिटर लामो झोलुङ्गे पुल निर्माणाधिन छन् ।

आयोजनाका ईञ्जिनियर मनिष अधिकारीले धवलागिरी गाउँपालिका–४ बगर तातोपानी कुण्ड जाने बाटोमा म्याग्दी नदी माथि दुई सय ५० मिटर लामो झोलुङ्गे पुल निर्माणका लागि चालु आर्थिक वर्षमा रु. ६० लाख बजेट बिनियोजन भएको योजना कार्यान्वयनका लागि ठेक्का प्रक्रीयामा रहेको जानकारी दिनुभयो ।

उहाँका अनुसार सडक पूर्वाधार विकास कार्यक्रम मार्फत पाखापानी–कुइनेमंगले–मल्कवाङ, गलेश्वर–दशमुरे–मौवाफाँट–दग्नाम–दरमिजा–कुइनेमंगले–घ्यासीखर्क सडक स्तरोन्नतिका लागि ठेक्का सम्झौता गरेका निर्माण कम्पनीहरुले ढलान, पक्की नाला र टेवा पर्खाल निर्माण थालेका छन् ।

वैकल्पिक सहायक राजमार्ग विकास कार्यक्रम मार्फत मौवाफाँट–दग्नाम–दरमिजा–चिमखोला हुदै कुइनेमंगले, कुहुँ–टोड्के हुदै झिँ, अन्नपूर्ण गाउँपालिकाको दोसल्ले–काफलडाडा–नागी, मालिकाको छ्यारछ्यारे हुदै मङ्गलाको टिकावाङ र बेनी नगरपालिकाको अर्थुङ्गे देउराली–भराले–पुत्लेढुङ्गा सडक आयोजना कार्यान्वयनमा रहेका छन् ।

एक करोड बजेट बिनियोजन भएको धवलागिरी गाउँपालिकाको लुलाङ–गुर्जा सडक स्तरोन्नति योजना ठेक्का प्रक्रीयामा छ । रु. ५० लाख बजेट बिनियोजन भएको बेनीको मंगलाघाट र बगरफाँट जोड्ने म्याग्दी नदीमा मोटरेबल पुल निर्माण सम्बन्धी योजनाको बहुबर्षीय ठेक्का आव्हानका लागि गरिएको प्रस्ताव अर्थ मन्त्रालयले स्विकृत गरेको छैन् ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर