Advertisement
ताजा खबर
शेख हसिनाको ९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफत थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी

उपेन्द्र यादवले भने ‘राजनीतिमा युवा आउनु सकारात्मक

प्रतिक्षा खबर
२०८० फाल्गुन ५, शनिबार २२:२३

जनकपुरधाम, ५ फाल्गुन । जनता समाजवादी पार्टी(जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले नयाँ पुस्ता राजनीतिमा आउनु सकारात्मक रहे पनि अधिकांशमा वैचारिक र सैद्धान्तिक अध्ययन कमजोर रहेको बताएका छन् ।
समाजवादी युवा संघ केन्द्रिय समितिद्धारा शनिवार जनकपुरधाममा आयोजित प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । पछिल्लो समय उदयमान भएको राजनीति पार्टीको कमजोर विचार, सिद्धान्त र राजनीति संस्कारका कारण पनि यस्तो हुन् गएको बताउँदै अध्यक्ष यादवले नयाँ दलमा अधिकांश युवाहरुमा राजनीति संस्कार, बिचार र सिद्धान्तको कमी रहेको बताए ।
पहिला युवा एउटा बिचारधारा प्रष्ट हुने गरेकोमा पछिल्लो समयका युवाहरु अपवाह “रियूम्र्स”को पछाडि बढी लाग्ने गरेको भन्दैँ उनले चिन्ता व्यक्त गरे । अबको राजनीति अध्ययन बिना फिक्का हुने भन्दैँ युवाहरुलाई बढी भन्दा बढी अध्ययन गर्नुपर्नेमा उनले जोड दिए ।
मधेश प्रदेश सरकार आन्तरिक, सञ्चार तथा कानुन मन्त्रालयका पुर्व मन्त्री ज्ञानेन्द्र कुमार यादवले अबको समयमा बौद्धिक प्रशिक्षणले मात्रै सङ्घीय गणतान्त्रिक लोकतन्त्रलाई संस्थागत गर्न सक्ने बताए । पछिल्लो समय सङ्घीय लोकतान्त्रिक गणतन्त्र विरुद्ध विभिन्न षडयन्त्रहरु सुरु भएको भन्दैँ युवाहरु सचेत हुने अवस्था आएको समेत जसपा अध्यक्ष यादवले बताए ।
मधेश प्रदेश सरकारका उर्जा, सिचाँई तथा खानेपानी मन्त्री सिहांसन सा कलवारले युवाहरुमा अध्ययनमा रुची घट्दै गएको भन्दैँ चिन्ता व्यक्त गरे । कार्यक्रमलाई सम्बोधन गर्दै उनले पछिल्लो समय मुलुकमा आएको नकारात्मक राजनीतिक ट्रेन्डका कारण युवाहरुले अध्ययनमा रुची नदेखाएको समेत टिप्पणी गरे ।
जसपा मधेश प्रदेशका नवनियुक्त अध्यक्ष बालकिशोर यादवले युवाको व्यक्तिगत, राजनीतिक र साङ्गठनिक जीवनमा निरनतता ल्याउने बताए । युवालाई अनुशासित हुनु जरुरी रहेको बताउँदै पार्टीले लिएको लक्ष्य पाउन सफलता प्राप्त हुने विश्वास व्यक्त गरे । मधेश प्रदेश स्थापित गर्नकालागि पार्टीका युवाहरुको भूमिका महत्वपूर्ण रहेको बताउँदै उनले राजनीतिक परिवर्तनसँगै आर्थिक, सामाजिक र राजनीतिक रुपान्तरण जरुरी रहेको बताए ।
कार्यक्रममा मधेश प्रदेशका पूर्व प्रदेशसभा सदस्य बिक्की यादवले युवाहरु देश विदेशमा परिवर्तन ल्याए तर आर्थिक समृद्धिको बाटोमा कसरी हिड्न सकिन्छ त्यस तिर साकारात्मक रुपमा अगाडि बढ्नकालागि युवाहरुलाई आग्रह गरे । युवाहरुमा आत्मविश्वासको आवश्यकता रहेको बताउँदै अधिकार पाउने सवालमा युवाहरु बञ्चित हुनुको कारण नै हामी युवा सङ्गठित नहुनु रहेको बताए । युवा गलतको विरोध र सहीको समर्थन गर्न छाडे कुनै पनि अवस्थामा परिवर्तन हुन नसक्ने दावी गरे ।
शनिबारदेखि शुरु भएको सो कार्यक्रममा फाल्गुन ८ गतेसम्म चल्ने छ । सो कार्यक्रममा जनता समाजवादी पार्टी(जसपा) नेपालका भातृसंगठन समाजवादी युवा संघका सातै प्रदेशका पदाधिकारीहरुको उपस्थित रहेको छ । तीन दिवसीय चल्ने सो कार्यक्रममा जसपा अध्यक्ष यादव मुख्य प्रशिक्षक रहेका छन् । प्रशिक्षणमा राजनीति शास्त्र, समाजवाद शास्त्र, सङ्घीयता, मधेश, मधेश आन्दोलन, विश्व राजनीति, राज्य सञ्चालनका विधि प्रक्रिया, विश्व क्रान्ति लगायत विषयहरु रहेको जनाईएको छ । यसअधि जसपा अध्यक्ष यादवले जसपाका भातृ सङ्ठनहरु समाजवादी महिला संघ, प्रेस मञ्च नेपाल र मधेश प्रदेश समितिका पदाधिकारीहरुलाई प्रशिक्षित गरिसक्नु भएको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर