Advertisement
ताजा खबर
टाइगर श्रफको गाडीमा गोली प्रहार, चालकसहित दुई जना घाइते वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेल विराटनगर किङ्सबाट एनपीएल खेल्ने जसपा नेपालले सरकार बनाउन कुनै दाबी गरेको छैन: अध्यक्ष यादव सुनकोशीमा जिप खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने

☰

मिथिलाञ्चल सहित मधेशकाे चाैरचन पर्व सम्पन्न

प्रतिक्षा खबर
२०७८ भाद्र २५, शुक्रबार २१:०७

प्रतिक्षाखबर
रामगाेपालपुर, भदौ २५ गते ।
मिथिलाञ्चल सहित तराई मधेशमा आज चौठचन्द्र ( चौरचन) पर्व मनाइएको छ।
प्रत्येक वर्ष भदौ महिनाको शूक्लपक्ष चतुर्थी तिथिका दिन तराई मधेशमा बस्ने हिन्दुधर्मावलम्बीहरुले यो पर्व चन्द्रमालाई पूजा गरी मनाउने गर्दछन् ।
आज साँझ खीर, पुरी, खाजा, फलफूल लगायतको पूजा समाग्री चद्रमालाई अर्पण दिई चौठचन्द्र पर्व मनाइएको छ ।
पर्वको पूर्व सन्ध्यामा बिहीबार घर नजिकको पवित्र पोखरी नदि, तलाउ एवं सरोवरहरुमा स्नान गरि खाना खाएका ब्रतालुहरु आज शुक्रबार दिनभर उपबास बसि साँझ पख विविध प्रकारको मिठाई ,फलफूल तथा पूजा समाग्री चद्रमालाई अर्पण दिएका हुन् ।
घर परिवारको सुख शान्ति एवं समृद्धि तथा, सन्ता सुख, विभिन्न प्रकारका रोग,दुःख कष्टबाट मुक्ति पाइने पौराणिक जनविश्वास सहित यो पर्व निष्ठापूर्वक मनाउने गरिन्छ ।
चन्द्रमाको पूजाआजा गरि मनाईने हुनाले यसलाई चौठचन्द्र वा चौरचन भन्ने गरिन्छ
यो पर्व आँगनमा मनाउने हुनाले विहानै आँगन तथा घरलाई सरसफाई र लिपपोत गरि पवित्र बनाउने गरिन्छ ।
त्यपछि साँझ पख चन्द्रदेवलाई खाली हात दर्शन गर्न नहुने मान्यता अनुरुप पर्व मनाउने परिवारजनले हातमा एक दिन अगावै माटोको भाडो (मटकुरी)मा जमाएको दही , पुरी , खीर , खाजा मिठाई, केरा, स्याउ, अम्बा, अनार, काँक्रा, गाजर जस्ता विविध प्रकारको फलफूल तथा पूजा समाग्रीहरु लिएर भगवान चन्द्रदेवको दर्शन गर्ने परम्परा रहि आएको छ ।
चन्द्रदेवलाई अर्पण दिए पश्चात घरका सदस्यहरु मिलेर पर्वमा चढाएको प्रसाद ग्रहण गर्ने गर्दछन् ।
यो पर्व नगर्ने घरपरिवारका सदस्यहरुलाई पर्व गर्ने आफन्त शुभचिन्तकहरुले निम्ता गरि प्रसाद खुवाउने, घरमा पठाउने तथा वितरण गर्ने प्रचलन छ । यो पर्वमा प्रायः महिलाहरु ब्रत बस्ने गर्दछन् ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर