Advertisement
ताजा खबर
थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी थमन विक हत्या प्रकरणः पुर्व सांसद लक्षमी महतो कोईरी जलेश्वर कारागार चलान

भड्कियो जनमत पार्टी, प्रचण्डलाई दिएको समर्थनबारे विचार गर्ने

प्रतिक्षा खबर
२०७९ माघ ३, मंगलवार १७:५३

३ माघ, उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालय जनमत पार्टीले पाउने पूर्वसहमति कार्यान्वयन नभएको भन्दै शपथ ग्रहणमा गएनन् अब्दुल खान ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग उद्योग मन्त्रालयबारे कुरा टुंगिए पनि आफूहरुलाई जानकारी नै नगराई उनी पछि हटेको आरोप जनमत पार्टीले लगाएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा यति बेला सर्वदलीय बैठक बसिरहेको छ । असन्तुष्ट जनमत पार्टीका अध्यक्ष सीके राउत त्यसमा सामेल छैनन् ।
जनमत पार्टीका नेताहरुले काठमाडौंमा मात्रै नभई मधेस प्रदेशमा समेत आफूहरुसँगको सहमतिबाट सत्ता नेतृत्वकर्ता एमाले र माओवादी केन्द्र पछि हट्ने सन्देह मिलेको बताएका छन् ।
जनमत पार्टीका उपाध्यक्ष दीपक साहले भने, ‘उद्योगधन्दा खोल्ने र रोजगारी सिर्जना गर्ने हाम्रो लक्ष्य छ । चुनाव पनि हामीले यसै भनेर जितेका हौं । तर अहिले पूर्वसहमतिबाट प्रधानमन्त्री किन पछि हट्नुभयो, थाहा भएन ।
सरकारलाई दिएको समर्थनबारे पार्टीले विचार गर्ने उनले चेतावनी दिए । यद्यपि प्रचण्डले यसअगावै विश्वासको मत लिइसकेका छन् । प्रतिनिधिसभामा जनमत पार्टीका ६ सांसद छन् भने मधेस प्रदेशमा १३ सिट छ ।
मधेस प्रदेशमा जसपा र जनमत पार्टीले आधा आधा कार्यकाल चलाउने सहमति भए पनि एमाले र माओवादी केन्द्र त्यसभन्दा पछि हट्न सक्ने आशंका जनमत पार्टीले गरेको छ । ‘उहाँहरु एकपछि अर्को एकलौटी निर्णय गरिराख्नुभएको छ, हामीसँग कुनै छलफल नै गरिराख्नुभएको छैन,’ जनमत अर्का एक नेताले भने, ‘हामीलाई यही रबैया प्रदेशमा पनि देखाउने हो कि भन्ने आशंका छ ।
प्रचण्डले खानेपानी मन्त्रीमा खानको नाम राखेर राष्ट्रपति कार्यालयमा शपथ ग्रहणको सूची पठाएका थिए । तर जनमतले उक्त पद अस्वीकार गरेको हो । प्रधानमन्त्रीले अहिलेको ‘त्रुटि’ सच्याउन चाहेमा आफ्नो असन्तुष्टि र आगामी रणनीतिबारे पुनर्विचार गर्न सकिने जनमत पार्टीले बताएको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर