Advertisement
ताजा खबर
धार्मिक सद्भाव भड्काउने प्रयास गरेको आरोपमा गौशालाबाट युवक पक्राउ टाइगर श्रफको गाडीमा गोली प्रहार, चालकसहित दुई जना घाइते वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेल विराटनगर किङ्सबाट एनपीएल खेल्ने जसपा नेपालले सरकार बनाउन कुनै दाबी गरेको छैन: अध्यक्ष यादव सुनकोशीमा जिप खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा

☰

हिमालका जोखिमयुक्त बस्ती सुरक्षित ठाउँमा स्थानान्तरण गर्नुपर्छ’

प्रतिक्षा खबर
२०८२ जेष्ठ ५, सोमबार १३:४२

काठमाडौँ, जेठ ५ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले हिमाली क्षेत्रका जोखिमयुक्त बस्तीलाई सुरक्षित ठाउँमा स्थानान्तरण गर्न ढिलाइ गर्न नहुने बताउनुभएको छ ।

सामाजिक सञ्जालमार्फत आज उहाँले हुम्लाका नाम्खावासी पहिरोका कारणले घरवारविहीन बन्न पुगेकाले सुरक्षित स्थानमा स्थानान्तरण गर्नुपर्ने बताउनुभएको छ । “जलवायु परिवर्तनले हिमालय क्षेत्रमा परेको र पर्नसक्ने असरका बारेमा सगरमाथा संवाद चलिरहेका बेलामा हुम्लाको नाम्खावासी पहिरोका कारणले घरवारविहीन बन्न पुगेका छन्”, उहाँले भन्नुभएको छ, “अब ढिलो नगरी हिमाली क्षेत्रका जोखिमयुक्त बस्तीको पहिचान गरेर सुरक्षित स्थानमा स्थानान्तरणका लागि योजना बनाउनु आवश्यक छ ।

महासचिव पोखरेलले स्थानान्तरणका लागि सुरक्षित क्षेत्र पहिचान गरेर वन क्षेत्र र संरक्षण क्षेत्रबाट अलग गरी सुरक्षित बस्ती विकासको योजना अघि बढाउनुपर्नेमा जोड दिनुभएको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर