Advertisement
ताजा खबर
धार्मिक सद्भाव भड्काउने प्रयास गरेको आरोपमा गौशालाबाट युवक पक्राउ टाइगर श्रफको गाडीमा गोली प्रहार, चालकसहित दुई जना घाइते वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेल विराटनगर किङ्सबाट एनपीएल खेल्ने जसपा नेपालले सरकार बनाउन कुनै दाबी गरेको छैन: अध्यक्ष यादव सुनकोशीमा जिप खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा

☰

आफ्नै सरकारको बजेटप्रति जनमत नै असन्तुष्ट, सरकारबारे निर्णय लिने जिम्मा सचिवालयलाई

प्रतिक्षा खबर
२०८२ असार १२, बिहीबार १७:०१

मधेशका मुख्यमन्त्री सतिश कुमार सिंह

१२ असार, जनकपुरधाम । आफ्नै नेतृत्वको मधेश सरकारले ल्याएको बजेट नीति तथा कार्यक्रम अनुसार नआएकोले सन्तोषजनक नरहेको जनमतले निष्कर्ष निकालेको छ ।

आज बसेको जनमत संसदीय दलको बैठकले सरकारले ल्याएको बजेट त्रुटिपूर्ण रहेकोले सरकारबारे आधिकारिक निर्णय गर्ने जिम्मा पार्टीको केन्द्रीय सचिवालयलाई दिने निर्णय गरेको हो ।

‘जसरी नीति तथा कार्यक्रम आएको थियो । त्यस अनुसार बजेट आएन । यस बारेमा कुनै गम्भीर निर्णय पार्टीले लिनुपर्छ भन्ने निष्कर्ष हामीले निकालका छौं । यो जिम्मा सचिवालयलाई दिएका छौं,’ जनमत संसदीय दलका नेता महेश प्रसाद यादवले भने ।

मधेश सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेटको रेडबुकमा रहेको योजनाहरू बिचौलियाको प्रवेश रहेको, दलले नै संकलन गरेर राखेका योजनाहरु नपरेको भन्दै जनमतका केन्द्रीय अध्यक्ष डाक्टर सिके राउतले नै समाजिक सन्जाल मार्फत असन्तोष पोखेका छन् ।

जनमतका सतिशकुमार सिंह नेतृत्वको मधेश सरकारले गत असार १ गते आगामी आर्थिक वर्षका लागि ४६ करोड ९८ लाखको बजेट ल्याएको थियो ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर