Advertisement
ताजा खबर
शेख हसिनाको ९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफत थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी

आस्था एवं निष्ठापूर्वक मनाईने चौरचन पर्व आज तराइ सहित मिथिलाञ्चल क्षेत्रमा मनाइँदै

प्रतिक्षा खबर
२०७७ भाद्र ६, शनिबार ११:२३

प्रतिक्षा खबर
रामगाेपालपुर, भदौ ६ गते
आस्था एवं निष्ठापूर्वक मनाईने चौठचन्द्र (चौरचन) पर्व तराई सहित मिथिलाञ्चल क्षेत्रमा मनाइँदै छ।
मिथिलाञ्चलमा मनाइँने महत्वपूर्ण पर्वमध्ये एक हो चौरचन पर्व। भदौ शुक्ल चतुर्थीको दिन फलफुल लिएर चन्द्रमाको पूजा गर्दा विभिन्न प्रकारका कलंकबाट मुक्ति पाइने विश्वास रहेको छ।
चौठचन्द पर्वका दिन व्रतालु निराहार व्रत बसी साँझको समयमा भगवान गणेश र चन्द्रमालाई खीर, पुरी, फलफूल प्रसादको रुपमा अर्पण गरिन्छ ।
पर्वकै अवसरमा आँगनमा पूजा हुने भएकाले चामलको पिठोको कलात्मक अरिपन बनाई त्यसमाथि पूजाका सामग्री राखेर धार्मिक विधिपूर्वक पूजापाठ गरिन्छ ।
यस क्रममा नयाँ माटोको भाँडोको दही, केरा, मिठाई, फलफूलका साथै विभिन्न प्रकारका पकवान राखेर विभिन्न देवी-देवतालाई चढाइने गरिन्छ ।
दिनमा प्रसाद बनाउने र बेलुका पूजा गर्ने भएकाले अहिले घर-घरमा महिला प्रसाद तयार बनाउन व्यस्त छन् । मिथिलाञ्चलमा आजको दिन लोकपर्व चौठचन्द मनाउने क्रममा गणेश र चन्द्रमाको कथा सुन्ने समेत परम्परा रही आएको छ ।
मिथिलाञ्चलमा यस पर्वको प्रारम्भ तत्कालिन नरेश हेमांगद ठाकुरले गरेका थिए।
उनी नरेशका अतिरिक्त प्रख्यात ज्योतिष समेत थिए। चौठचन्द्र गर्नाले विशिष्ट फल प्राप्त हुने भनिन्थ्यो त्यसपछि मिथिलाञ्चलमा घर–घरमा यो पर्व मनाउन थालियो ।
चौठचन्द्र पर्व धनुषा, महोत्तरी, सिरहा, सर्लाही, सप्तरी, बारा, पर्सा लगायत भारतका केही राज्यहरुमा समेत मनाईन्छ । हिन्दु धर्मावलम्बी समुदायका व्यक्तिहरुले यस पर्वलाई विशेष महत्वको साथ मनाउने गर्दछन्।
भदौ शुक्ल चौथीका दिन मनाइँने चौठचन्द्र पर्वमा सूर्यास्तपछि गाईको गोबरले लिपेर बनाइएको आँगन माँझको चतुष्कोण यज्ञस्थलमा दीप प्रज्वलन गर्दै घरमूली ब्रतालुले फलफूल र मिष्टान्न परिकार चन्द्रमालाई देखाएर चौरचन ब्रत समापन गर्ने मैथिल परम्परा छ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर