Advertisement
ताजा खबर
सोनमामा २२ करोड ४० लाखका सडक योजनाको शिलान्यास, पूर्वमुख्यमन्त्री सरोज यादवद्वारा विकास निर्माणलाई प्राथमिकता संविधान संशोधनदेखि हिन्दु राष्ट्र घोषणासम्मका माग राख्दै ‘हुंकार मधेश’ले बुझायो २३ बुँदे ज्ञापनपत्र अनुचित लेनदेनमा साह पक्राउ, सुनचाँदी व्यवसायीद्वारा प्रदर्शन जनकपुरधाममा ८ करोड मूल्यको जग्गा विवाद : ३० लाख ऋणको धितो राखेको साढे पाँच कठ्ठा जग्गा १० वर्षदेखि फिर्ता नपाएको पीडित परिवारको गुनासो कमला नदीमा भूत मेला सुरु, बिहानैदेखि श्रद्धालु र धामीझाँक्रीको घुइँचो स्थानीय तहको निर्वाचन वैशाखमा, प्रदेशसभा निर्वाचन मंसिरमा गर्ने निर्वाचन आयोगको प्रस्ताव फुटपाथमै व्यवसाय गर्न पाउनुपर्ने माग गर्दै व्यापारीहरू आन्दोलनमा मधेशमा नयाँ सरकार गठन अन्योलमा, एमालेसँग सहकार्य नगर्ने जसपा नेपालको अडान रामगोपालपुरका पूर्व वडाध्यक्ष जितेन्द्रकुमार चौधरी राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश, पार्टी परिवर्तनले स्थानीयमा बढ्यो असन्तुष्टि

☰

सोनमामा २२ करोड ४० लाखका सडक योजनाको शिलान्यास, पूर्वमुख्यमन्त्री सरोज यादवद्वारा विकास निर्माणलाई प्राथमिकता

प्रतिक्षा खबर
२०८३ मंसिर १०, बिहीबार १३:१९

साेनमा, मंसिर १० । महोत्तरीको सोनमा गाउँपालिकामा आज करिब २२ करोड ४० लाख रुपैयाँको लागतमा निर्माण हुन लागेका दुई महत्वपूर्ण सडक योजनाको शिलान्यास गरिएको छ।
मधेश प्रदेशका पूर्वमुख्यमन्त्री एवं महोत्तरी क्षेत्र नम्बर ४ (क) का प्रदेशसभा सदस्य सरोज कुमार यादवको प्रमुख आतिथ्यतामा उक्त सडक योजनाहरूको शिलान्यास गरिएको हो।
सोनमा बजार हुँदै सरस्वती जनता माध्यमिक विद्यालयदेखि सिंहासनीसम्म जोड्ने सडक निर्माणका लागि १३ करोड २० लाख रुपैयाँ बजेट विनियोजन गरिएको पूर्वमुख्यमन्त्री यादवले जानकारी दिएका छन्।

oplus_142606336

त्यसैगरी, सोनमा गाउँपालिका वडा नम्बर १ स्थित एनएनबी बैंकदेखि गुलरियासम्म जोड्ने सडकको पनि आजै शिलान्यास गरिएको छ। उक्त सडक ९ करोड २० लाख रुपैयाँको लागतमा निर्माण हुन लागेको जनाइएको छ।वडा नम्बर १ देखि वडा नम्बर ४ सम्म जोड्ने बहुवर्षीय सडक योजनाअन्तर्गत वडा नम्बर ३ स्थित हुलाकी राजमार्गदेखि सोनमा बजार हुँदै सोनमा माध्यमिक विद्यालय र सिंहासनीसम्म पुग्ने सडकको जाेडने याेजना रहेका छन ।
यी सडक योजनाहरू निर्माण सम्पन्न भएपछि सोनमा गाउँपालिकाका विभिन्न बस्तीबीचको सडक सञ्जाल थप मजबुत हुने, स्थानीयवासीको आवागमन सहज हुने तथा कृषि, व्यापार र आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।
आफ्नो निर्वाचन क्षेत्रमा विकास निर्माणका योजनालाई प्राथमिकताका साथ अघि बढाउँदै आएका पूर्वमुख्यमन्त्री यादवले सडक पूर्वाधारको विकासलाई विशेष प्राथमिकता दिँदै आएका छन्।
यादवको पहलमा विभिन्न विकास निर्माणका योजनाहरू अगाडि बढ्न थालेपछि स्थानीय राजनीतिक वृत्तमा समेत चर्चा बढेको छ। विकास निर्माणका कामले गति लिन थालेसँगै विपक्षी दलका नेताहरूबीच पनि राजनीतिक प्रतिस्पर्धा र बहस चुलिएको देखिन्छ।
स्थानीयवासीले शिलान्यास भएका सडकहरू समयमै र गुणस्तरीय रूपमा निर्माण सम्पन्न हुने विश्वास व्यक्त गरेका छन्।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर