Advertisement
ताजा खबर
वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेल विराटनगर किङ्सबाट एनपीएल खेल्ने जसपा नेपालले सरकार बनाउन कुनै दाबी गरेको छैन: अध्यक्ष यादव सुनकोशीमा जिप खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश

☰

ओली सरकारको तीन महिना पूर्ण असफल, भ्रष्टाचारीलाई संरक्षण मात्रै भयो: साह

प्रतिक्षा खबर
२०८१ आश्विन ३०, बुधबार १९:३१

बारा । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओलीको ३ महिने कार्यकाल पूर्ण रूपमा असफल भएको जिकिर गरेका छन् । उनले ओली सरकारले भ्रष्टाचारीलाई संरक्षण गर्ने काममात्रै गरेको उनको जिकिर छ ।

बडादसैँ, शुभ दीपावली एवं छठ पर्वको अवसरमा बाराको कलैया स्थित गंगापुरमा आज आयोजित शुभकामना आदानप्रदान एवं भेटघाट कार्यक्रममा सहभागी साहले देशलाई जोगाउनका लागि भ्रष्टाचारीलाई जहाँ देख्यो त्यही जनकारबाही गर्नुपर्ने बताए । मुलुकमा दिनदिनै भ्रष्टाचार संस्थागत हुँदै गएकोले मुलुक समृद्ध हुन नसकेको उनले बताए ।

सरकारको मुख्य नेतृत्व नै भ्रष्टाचारमा लागेकोले कुनै पनि सरकारी निकायबाट भ्रष्टाचारीलाई कारबाहीको अपेक्षा गर्न नसकिने उनको भनाइ छ ।

‘देशमा भ्रष्टाचार बढ्दै गएका कारण मुलुकमा विकास रोकिएको यथार्थ हामी सामु छ । नेपालको सम्पत्ति लुटेर दिन दहाडै विदेश लगिँदैछ । भ्रष्टाचारको काण्डै काण्डले देश बरबाद हुँदैछ । मुलुकको आर्थिक अवस्था सङ्कटमा छ । सरकारी निकायले भ्रष्टाचारीको अगाडी निरीह छ, केही गर्न सकिरहेको छैन । भ्रष्टाचारीलाई राज्यकै संरक्षण छ’ साहले भने, ‘यस्तो अवस्थामा हामी चुप लागेर बस्न मिल्दैन । हामीले मुलुकलाई समृद्ध बनाउन, सुशासन कायम गर्नका लागि भ्रष्टाचारीलाई जहाँ देख्यो त्यही जनकारबाही गर्न आवश्यक छ ।

उनले भने, ‘गिरिबन्धु टी–स्टेट देखि लिएर ललिता निवास लगायतका ठाउँमा ठुला भनिएकाहरूकै संलग्नतामा भ्रष्टाचार भएको प्रमाणित भएको छ । तर त्यस्तालाई कारबाही गर्नुको साटो पुरस्कृत गर्ने अवस्थाको अन्त्य आवश्यक छ ।’ सरकार, अख्तियार दुरुपयोग अनुसन्धानले भ्रष्टाचारीलाई कारबाही गर्न नसकेको बताउँदै साहले अहिले सरकारमै भ्रष्टहरूको बाहुल्यता भएको आरोप लगाए। उनले सबै भ्रष्टाचारीहरूलाई कारबाही कहिले हुन्छ भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रश्न समेत गरेका छन् ।

विदेश गइरहेका युवालाई नेपालमै रोजगार दिनुको साटो ती सोझासाझा युवाबाट लाखौँ रकम लिएर विदेश पठाउने काम सरकारी निकायबाटै भइरहेको आरोप लगाउँदै उनले स्वदेशमै रोजगारी दिनुपर्ने सरकार देशलाई उजाड बनाइरहेको बताए । राज्यकै संरक्षणमा मन्त्री, ठुला व्यापारीको संलग्नतामा हुन्डी कारोबार मार्फत अर्बौँ रकम विदेश गइरहेको बताउँदै उनले त्यस्तो जघन्य अपराध गर्नेलाई सरकारले किन संरक्षण गरेको भन्दै प्रश्न गरे ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर