Advertisement
ताजा खबर
सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर दुर्गा भवानीको गुञ्जियो जयजयकार, नवरात्रको पहिलो दिन एकडारामा भव्य कलश शोभायात्रासहित घटस्थापना बिधि सम्पन्न ११ वर्षपछि गाउँब्लकवासीले पाए लालपुर्जा, एकडारामा २५० जग्गाधनीलाई वितरण दिग्गज बलिउड अभिनेता नाना पाटेकरको निधन चाडपर्व लक्षित महोत्तरीमा सुरक्षाब्यवस्था कडा , सीमामा २४ घण्टा निगरानी बजार अनुगमनको शैलीप्रति जलेश्वरका व्यवसायी असन्तुष्ट, अनुगमन कि व्यवसायीमाथि दबाब <

☰

ट्रम्पको धम्की विरूद्ध मानव साङ्लो बनाउँदै इरानीहरू

प्रतिक्षा खबर
२०८२ चैत्र २४, मंगलवार २२:१०

एजेन्सी । खाडी क्षेत्रको युद्ध थप तनावपूर्ण बन्दै जाँदा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ’सभ्यता नै खतम पार्ने’ धम्की दिएका छन् । गत फेब्रुअरीमा सुरु भएको अमेरिकी–इजरायली हमला पश्चात् इरानले ’स्ट्रेट अफ हर्मुज’मा कडाइ गरेपछि विश्वभर इन्धनको मूल्य बढ्यो ।

हर्मुजबाट अमेरिका, इजरायल तथा उनीहरूका सहयोगी मुलुकका जहाज वारपार हुने रोक्ने इरानी घोषणासँगै युद्ध थप पेचिलो बन्दै गएको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले हर्मुजको नाका खोल्न पटक पटक दबाब दिँदै आएका थिए । पछिल्लो पटक उनले सामाजिक सञ्जाल ’ट्रुथ सोसियल’मा लेख्दै इरानमा एउटा सभ्यता नै समाप्त हुन सक्ने धम्की दिएका छन् ।

धम्कीको चौतर्फी विरोध भइरहँदा इरानमा भने आम मानिसहरू महत्त्वपूर्ण सार्वजनिक संरचनाको वरपर भेला भएर ’मानव साङ्लो’ बनाउन थालेका छन् । इरानी सञ्चार माध्यमहरूका अनुसार पुल, बिद्युत् संरचना लगायत पूर्वाधार वरपर भेला भएका इरानीहरू अमेरिका विरुद्ध नाराबाजी गरिरहेका छन् ।

यसैबिच विभिन्न मुलुकमा रहेका इरानी दूतावासहरूले आफ्नो ट्विटर ह्यान्डल मार्फत ट्रम्पको धम्कीको खिल्ली उडाइरहेका छन् । उनीहरुले ट्रम्पको धम्कीपूर्ण स्ट्याटस शेयर गर्दै ’चाबी दह्रोसँग सम्हाल्न’ आग्रह गरेका छन् । ’हर्मुजको बाटो खोल’ भन्ने ट्रम्पको धम्कीको जवाफमा उनीहरुले ‘चाबी हरायो’ भन्दै ट्रोल गरिरहेका छन् ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर