Advertisement
ताजा खबर
जलेश्वरमा अमरेशविरुद्ध रास्वपाका कार्यकर्ताको नाराबाजी आशा भोसलेको निधन रास्वपालाई प्रचण्डको चेतावनी- संविधानमाथि छेडखानी भए सडक र सदनबाट प्रतिवाद गर्छौं इस्लामावाद शान्तिवार्ता सुरु : सन् १९७९ पछि पहिलो पटक अमेरिका-इरानबीच उच्चस्तरीय संवाद उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित महाेत्तरी क्षेत्र नं४ बाट निर्वाचित गौरी यादव बनिन् उद्योगमन्त्री दुई नयाँ मन्त्री थपिए : उद्योगमा गौरीकुमारी र श्रममा रामजी नियुक्त सीमा क्षेत्रमा रहेको मन्दिरमाथि तनाव: भारतीय पक्षको ‘अल्टिमेटम’पछि स्थानीयको चिन्ता बढ्यो पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि, ग्यासको मूल्य पनि बढ्यो हाजरी जमानिमा छुटे पुर्बप्रधानमन्त्री ओलि

गौशालाका ५५ घरपरिवार मुसहरले पाएनन् लालपूर्जा

प्रतिक्षा खबर
२०७६ फाल्गुन ३०, शुक्रबार १५:२२

महोत्तरी : विश्वासका भरमा बिनाकागजात जग्गा खरिद गरेको वर्षौ बित्दासमेत आफ्ना नाममा लालपूर्जा नपाएपछि महोत्तरी गौशाला नगरपालिकाका दर्जनौँ मुसहर घरपरिवार चिन्तित भएका छन् । गौशाला–१० स्थित मुसहर बस्तीका ५५ घरपरिवार वर्षौँ पहिले बसोबास गर्नका लागि खरिद गरेको जग्गाको नामसारी नहुँदा चिन्तित भएका हुन् ।

वर्षौँ पहिले आफ्नो बाबु र हजुरबुबालाई स्थानीयवासी खेमराज ढकाल र ब्रह्मानन्द ढकालले बसोबासका लागि केही रकम लिएर जग्गा बिक्री गरेका थिए । तर, अहिलेसम्म पनि सो जग्गा आफ्नो नाममा हुन नसकेको स्थानीयवासी झौली सदाले बताउनुभयो । उमेरले ६५ वर्षका रहेका झौली सदाले भन्नुभयो, “आफूले जीवनमा अनेकौ पटक ढकाल दाजुभाइलाई जग्गा नामसारीका लागि आग्रह गरिएको थियांै । तर, उनीहरु समक्ष गरिएको प्रयास असफल भएको छ । अनेकौंपटक जग्गाको सम्बन्धमा खेमराज र ब्रह्मानन्द ढकालसमक्ष आग्रह गरिएको तर कुनै सुनवाइ हुनसकेको छैन ।”

डेढ बिघा क्षेत्रफलमा आफूहरुको ६० घरपरिवारले बसोवास गर्दै आएका समाजका अगुवा (माईजन) मुकुन्द सदाले जानकारी दिनुभयो । मुकुन्द सदाले अगाडि भन्नुभयो, “अहिलेसम्म हामीहरुको विश्वासको भरमा जग्गामा घर बनाएर बसोबास गर्दै आएका छौँ । कही कुनै किसिमको अप्ठ्यारो भएन । ढुक्कका साथ बस्दै आएका छाँै ।” अब आफूहरुलाई चिन्ताले सताउन थालेको सदाले उल्लेख गर्दै थप्नुभयो–“अब नाम सारिको प्रक्रियामा लाग्नुपर्छ । समय अनुसार मान्छेको सोचाई परिवर्तन हुने भएकोले अधिक विश्वास गर्दा पनि मान्छेलाई वेफाईदा हुन्छ । आफुहरुले यस विषयमा जानकारवालासँग छलफल गरि कदम उठाउनु पर्ने आवश्यक रहेको छ ।”

विसं १९८० मा सिरहाबाट मजदूरीका लागि आएका मुसहर समुदायलाई स्थायी रुपमा बसोवास गर्न स्थानीय ढकाल दाजुभाइले सो जग्गा उपलब्ध गराएको प्रकाशबहादुर श्रेष्ठले बताउनुभयो । श्रेष्ठ भन्नुहुन्छ, “जग्गा खरीदबिक्री भएको दशकौ बितिसकेको छ । यस अवधिमा जग्गा खरिद गर्ने र बिक्री गर्ने दुवै पक्षमध्ये अधिकांशको मृत्यु भइसकेको छ ।” अब सरकारले नै उनीहरुको समस्याको सम्बन्धमा पैरवी गर्न सकिने श्रेष्ठले धारणा राख्नुभयो ।

मुसहर समुदाय आर्थिक रुपमा विपन्न, अशिक्षित भएकै कारण उनीहरुलाई सुलभ रुपमा विश्वास कायम गरी जग्गाधनीले वर्षौ बित्दासमेत नामसारी नगरिदिँदा मुसहर समुदायमा कसैको नाममा लालपूर्जा नरहेको स्थानीय नेता मनु अधिकारीले बताउनुभयो । वर्षौँ पहिले खिरखिरिया डाँडाले परिचित रहेको सो स्थानमा सिरहाबाट आएका मुसहर जग्गा खरिद गरी बस्ती बसालिएको नेता अधिकारीले जानकारी दिनुभयो । सो जग्गा अहिले कानूनरुपमा नभए पनि स्थानीयवासीले भोगचलनको आधारमा मौखिक रुपमै जग्गाको समेत कारोवार गर्दै आएका छन् । साभारःजनकपुरटुडे

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर