Advertisement
ताजा खबर
उपेन्द्र यादव भन्छन्- रास्वपा सरकारमा आएपछि सुशासन झन् हरायो अग्रगामी मोर्चाको पहिलो मधेश प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रम जनकपुरधाममा इन्डोनेसियामा ज्वालामुखी विस्फोटपछि २०९ अन्तर्राष्ट्रिय उडान प्रभावित बाढीमा पुरिएको घरबाट एक महिलाको उद्धार अपर त्रिशूली-१ को सुरुङबाट एक चिनियाँ नागरिकको उद्धार एघारौं दिनसम्म सुरुङ र घरबाट ४ जनाको जीवित उद्धार, खोजी कार्य तीव्र मोरङ कारागारभित्र झडप, १९ कैदीबन्दी निकालियो २९ देशबाट आइसक्यो आपत्‌कालीन राहत र आर्थिक सहयोग त्रिशूली–३ ‘ए’ सुरुङबाट उद्धार गरिएका २ जनाको परिचय खुल्यो सुरुङभित्रबाट थप एक जनाको जीवितै उद्धार

संघीयता र गणतन्त्र समाप्त पार्ने षडयन्त्र उपेन्द्र यादव

प्रतिक्षा खबर
२०७७ कार्तिक २६, बुधबार १६:०८

जनकपुरधाम, कार्तिक २५ । जनता समाजवादी पार्टीका राष्ट्रीय अध्यक्ष उपेन्द्र यादवले वर्तमान सरकार संघीयता र गणतन्त्र समाप्त पार्ने षडयन्त्र गरि रहेको आरोप लगाएका छन ।
जसपा निकट युवा संघले आज जनकपुरधाममा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष यादवले नेपालको संविधानले अपरवर्तनीय रुपमा राखेको संघीय लोकतान्त्रिक गणतन्त्रलाई सरकारले चुनौैती दिने चेष्टा गरेको उल्लेख गर्नु भयो ।
मुलुक कोरोना महामारीको संकट झेली रहेको समयमा सरकारको मुख्य कर्तव्य जनताको ज्यानको सुरक्षा हुनु पर्ने सरकार त्यस बाट विमुख भई अन्य चलखेलमा लाग्नु मुलुकको लागी दुर्भाग्य रहेको बताउनु भयो ।
जनताको जिउ धनको सुरक्षा गर्न नसक्ने सरकारको आवश्यकता नरहेको उल्लेख गर्नु हुँदै उहाँले आफु हरु सरकार विरुद्ध सबै मोर्चामा लडने उल्लेख गर्नुृ भयो ।
आन्दोलनबाट प्राप्त उपलब्धीहरुको रक्षा गर्दै विभेद रहित समृद्ध मुलुकको निर्माणका लागि वैकल्पिक शक्तिको रुपमा जसपाको गठन भएको उल्लेख गर्नु हुँदै अध्यक्ष यादवले शिक्षित र सक्षम युृवाहरुलाई नेतृत्व गर्ने समय आइ सकेको उल्लेख गर्नु भयो ।
विश्वको हरेक परिवर्तनको नेतृत्व युवाहरुले नै गरेको उल्लेख गर्नु हुँदै अध्यक्ष यादवले मुलुकको विकास र समृद्धिको लागि शिक्षित र सक्षम युवाहरुलाई अगाडी बढन आग्रह समेत गर्नु भयो ।
समाजवादी युवा संघका जिल्ला अध्यक्ष दिपेन्द्र कापडीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा युवाका संघका केन्द्रिय अध्यक्ष योगेन्द्र राय यादव, जनकपुर उपमहानगरका प्रमुख लालकिशोर साह, बौद्धिक पेशाकर्मी महासंघका केन्द्रिय उपाध्यक्ष जितेन्द्र कुमार यादव सहितका वक्ताहरुले सम्बोधन गर्नु भएको थियो ।
कार्यक्रममा विभिन्न पार्टी परित्याग गरेको करिब तीन सय युवाहरुलाई प्रमुख अतिििथ यादवले पार्टीमा स्वागत गर्नु भएको थियो ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर