Advertisement
ताजा खबर
आजदेखि लगातार ४ दिन सार्वजनिक बिदा दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग

गरिबी, असमानता र शोषणविरुद्धको संघर्ष विश्वव्यापी रूपमा अगाडि बढाउनुपर्छ : उपेन्द्र यादव

प्रतिक्षा खबर
२०८२ बैशाख १३, शनिबार १९:५७

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले गरिबी, असमानता र शोषणविरुद्धको संघर्ष विश्वव्यापी रूपमा अगाडि बढाउनुपर्ने बताएका छन् । भारतको हैदराबादमा प्रोग्रेसिभ एलाइन्सले आयोजना गरेको विश्वव्यापी न्याय सम्पादन सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष यादवले विश्वभरिका मानिसहरूका लागि स्वतन्त्रता, समानता, सामाजिक न्याय, मानव अधिकारका साथै आर्थिक, सामाजिक, राजनीतिक र कानुनी न्याय सुनिश्चित हुनुपर्ने बताएका हुन् ।

जलवायु परिवर्तनको प्रभावबाट प्रभावित कमजोर राष्ट्रहरूको संरक्षण गर्न जलवायु परिवर्तन, प्रदूषण र प्राकृतिक स्रोतहरूको न्यायपूर्ण प्रबन्ध गरिनुपर्ने उल्लेख गर्दै उनले विकसित देशहरूले उत्पादन गरेको प्रदूषणको असर कमजोर र विकासशील देशहरूले बेहोरिरहेको हुँदा यसका लागि विकसित देशहरूले पर्यावरणीय क्षतिको जिम्मेवारी लिनुपर्ने बताए ।

वैश्विक व्यापार, कर प्रणाली र ऋणको बोझले धनी र गरिब देशहरूबिच आर्थिक अन्तर बढ्दै गएको उल्लेख गर्दै उनले अर्थको न्यायपूर्ण वितरणमा चुनौती उत्पन्न गरेको दाबी गरेका छन् । ‘युद्ध, संघर्ष र अत्याचारले विश्वभर मानिसहरूको मौलिक अधिकार हनन गरिरहेको छ ।  विश्वभरका सबै व्यक्तिहरूको मौलिक अधिकारको संरक्षण, लैंगिक समानता र सामाजिक न्यायलाई प्रवर्धन गरिनु पर्दछ’ उनले भने।

जाति, लिङ्ग, धर्म, वर्ग, राष्ट्रियता आदिको आधारमा भेदभाव बढ्दै गएको भन्दै अध्यक्ष यादवले मानिसको मौलिक अधिकार को रक्षा, शिक्षा, स्वास्थ्य र रोजगारीमा सबैको पहुँच,  महिला, अल्पसंख्यक र सीमान्तकृत वर्ग समुदायहरूको अधिकार, स्रोत साधनमा पहुँच र प्रतिनिधित्वको सुनिश्चितता गरिनु आवश्यक रहेको उल्लेख गरे ।

सम्पूर्ण  देश या राष्ट्रहरूका समाजवादी, सामाजिक लोकतान्त्रिक, श्रमिक र प्रगतिशील शक्तिहरूले विश्वव्यापी रूपमा स्वतन्त्रता, समानता, सामाजिक न्याय र बन्धुत्वको अभियान निरन्तर जारी राख्न उनले आग्रह समेत गरेका छन् ।

भारतको हैदराबादमा तेलांगाना सरकारको संयोजन तथा प्रोग्रेसिभ एलाइन्सको आयोजनामा भइरहेको तीन दिवसीय उक्त सम्मेलनमा एक सय भन्दाबढी मुलुकका चार सयबढी समाजवादी राजनीतिक पार्टीहरूका प्रतिनिधिहरूको सहभागिता रहेको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर