Advertisement
ताजा खबर
विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग सीमामा सास्तीबारे सांसद झाको चासोः ‘सर्वसाधारणका लागि व्यवहारिक नीति आवश्यक गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा प्रहरीको गाडीले ठक्कर दिँदा एक बालक गम्भीर घाइते एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं लेखा समितिको सभापतिमा एमाले र नेकपाले कांग्रेसलाई सघाउने लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाको निर्णय डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको यथावत मिथिला क्षेत्रमा जुडशीतल पर्व मनाइँदै जलेश्वरमा अमरेशविरुद्ध रास्वपाका कार्यकर्ताको नाराबाजी

वडाअध्यक्षले नै दुव्र्यवहार गरेको भन्दै रामगोपालपुर नगरपालिका १ काे वाडा अध्यक्ष माथि स्वास्थ्यकर्मिहरुकाे अाराेप

प्रतिक्षा खबर
२०७६ चैत्र १६, आईतवार १८:५८

सुनिता महताे
चैत १६ । कोरोना भाईरसको जोखिम रहेको समयमा वडाअध्यक्षले नै दुव्र्यवहार गरेको भन्दै रामगोपालपुर नगरपालिका १ स्थित स्वास्थ्य चौकी बसविटटीमा कार्यरत स्वास्थ्यकर्मीहरु सुरक्षाको कारण देखाउदै नगरपालिका आएका छन ।जोखिम परिवेशको समयमा स्थानिय सेवाग्राहीलाई नजिकबाट सेवा नदिएको भन्दै वडा नं. १ का वडाअध्यक्ष शेष निरालेले सेवामा खटिएका स्वास्थ्यकर्मी उपर गाली वेईज्जती गर्दै दुव्र्यवहार गरेपछि काम गर्ने वातावरण नभएको भन्दै स्वास्थ्यकर्मीहरु नगरपालिका धाएका छन ।वर्तमान परिवेशमा लकडाउन भएको अवस्थामा साधारणतर्फका विरामीलाई वीपी जाँच, थर्मामिटरले ज्वरो मापन जस्ता कार्य नगरेको भन्दै वडाअध्यक्ष स्वयम दवाव दिएपछि काम गर्ने वातावरण भाँडेको स्वास्थ्य चौकीमा ईन्चार्ज चन्देश्वर मण्डलले आरोप लगाउनुभयो ।आफुहरु यस्तो विषम परिस्थितीमा आवश्यक स्वास्थ्य सामग्रीको अभावमा जेनतेन सेवा दिदै आएको समयमा वडाअध्यक्ष लगायतका जनप्रतिनधीहरु कुटपिटसम्मको धम्की दिएकोले वातावरण सहज नभएसम्म स्वास्थ्य चौकी वसविटटीमा सेवा अवरुद्ध रहने नगरपालिकाका स्वास्थ्य संयोजक अच्छेलाल दासले बताउनुभयो ।नगरकार्यपालिकाको बैठकमै वडाअध्यक्षलाई यस सम्बन्धमा जानकारी लिदा समेत विवाद साम्य गर्नुभन्दा झन उग्ररुप लिएपछि विवाद यथावत रहेको स्वास्थ्य संयोजक दासले जानकारी दिनुभयो ।यस सम्बन्धमा प्रमुख प्रशासकीय अधिकृत निलाम्बर मिश्रले लकडाउनको समयमा छलफल गर्ने बातावरण नभएकोले तत्कालको लागि सेवा रोक्नुवाहेकको विकल्प नरहेको बताउनुभयो ।यता नगरप्रमुख अशोक कुमार मण्डलले घटनाको सम्बन्धमा सत्यतथ्य बुझि सेवा प्रवाह गर्ने वातावरण सहज बनाउने प्रयासरत रहेको जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर