नागेन्द्र कुमार यादव –
महाेत्तरीमा यहिले चर्चाकाे विषय बनेकाे छ मधेश आन्दोलन र त्यतिबेला महाेत्तरीकाे सदरमुकाम जलेश्वरमा असइ थमन विककाे मृत्यु भएकाे घटनामा फसाइएका दर्जनाै मधेशी नेताहरुकाे । वर्षाैपछी धेरैले सजाय काटेर बाहिर जीवन बिताइरहेका छन भन्ने कति जनामाथि यहिलेपनी मुदा लगाइएकै छ । तर केहीदिन पहीला आन्दोलनका क्रममा सशस्त्र प्रहरीका असई थमन विकको मृत्यु भएको घटनासँग सम्बन्धित मुद्दा अब सर्वोच्च अदालतको प्रक्रियामा पुगेपछी। यही क्रममा महोत्तरीका चार जना प्रतिवादी सर्वोच्च अदालतमा स्वयं उपस्थित भए। महोत्तरी निर्वाचन क्षेत्र नम्बर ३(क) बाट निर्वाचित प्रदेशसभा सदस्य अभिराम शर्मा, जलेश्वर नगरपालिकाका पूर्वनगरप्रमुख रामशंकर मिश्र ‘साही’, सुरेश पाण्डे र धर्मेन्द्र राय सर्वोच्च अदालतमा उपस्थित भएका थिए। उनीहरू स्वयं अदालतमा उपस्थित भई आफ्नो मुद्दाको कानुनी प्रक्रिया अघि बढाएका हुन्।

चारै जना उपस्थित भएपछि सर्वोच्च अदालतले उनीहरूलाई सधारण तारिखमा राख्ने आदेश दिएको छ। यससँगै वर्षौंदेखि विभिन्न तहका अदालतमा चलिरहेको थमन विक प्रकरणको कानुनी यात्रा सर्वोच्च अदालतसम्म पुगेको छ। यसैबिच मधेश आन्दोलनमा विककै हत्यामा मुदा लगाइएका नेताहरु मध्येका एक हुन काैशल कुमार यादव जसले जनताहरुकाेलागि गरेकाे याेगदानले यहिले पुनः चुनाब नजिकीदै गर्दा चर्चाकाे विषय बनेकाे छ । अर्काे तर्फ सर्वाेच्च अदालतले चारजना नेताहरुलाइ सधारण तारिखमा राख्ने आदेश दिएपछी पूर्व सांसद काैशल कुमार यादवलाइ पनि साधारण तारिखमा राख्न आदेश दिनुपर्ने कुरा गरिरहेका छन । एउटै मुदा भएकाकारण काैशल कुमार यादवलाइ सधारण तारिखमा राखि चुनाब लडन पाउनुपर्ने कुराहरु महाेत्तरीका जनताहरुले गरिरहेका छन । सांसद काैशल कुमार यादव मधेश आन्दोलन देखि महाेत्तरी क्षेत्र नं ४का सांसद बन्दै जनताहरुलाइ सेवा गरिदै आएका छन । नेता काैशल कुमारकाे जनतामा प्रत्यक्ष उपस्थिति न हुदा यस क्षेत्रका जनताहरु आफ्नो अभिभावक गुमाएकाे महसुस गरिरहेका छन । उहाले मधेश र मधेशिहरुकाेलागि हजाराै याेगदान गरेका छन । जसकाे जति चर्चा गरेपनी कमै हुने छन । काैशल कुमार यादवले मधेसकाे राजनीतिमा लामो समयदेखि सक्रिय नेताका रूपमा परिचित छन्। उनी महोत्तरी क्षेत्र नम्बर ५बाट एक पटक र ४ ( क) बाट एक पटकगरी दुई पटक निर्वाचित भइसकेका छन् भने उहाले आफ्नो क्षेत्रमा स्थापित भइसकेका नेता समेत रहेका छन ।
स्थानीय राजनीतिमा उनको राजनीतिक प्रभाव र जनसम्बन्धबारे समर्थकहरूले लामो समयदेखि चर्चा गर्दै आएका छन्। पूर्व सांसद यादवसंग कुरा गर्दा आफू मधेस आन्दोलनको नेतृत्व गरेको कारण जनतासँग जोडिएर काम गर्दै आएको र राजनीतिक कारणले आफूलाई निशाना बनाइएको दाबी गर्दै आएको छ। मधेस आन्दोलनको बेला लाखौ जनता आफ्नो अधिकार मांग्दै सडकमा उत्रेका थिए । आन्दोलनका क्रममा सुरक्षाकर्मीको मृत्यु भएको घटनामा आफूहरूलाई झुठा मुद्दामा फसाइएको दाबी यादले गर्दै आएका छन्। यादवले भन्ने कानुनी प्रकृया पुरागरेपछी आफू फेरि जनताको सेवामा सक्रिय रहने बताएका छन्। उनीहरूले कानुनी लडाइँसँगै जनताका सुख–दुःखमा साथ दिने र गरिब, विपन्न तथा समस्यामा परेका नागरिकका पक्षमा निरन्तर काम गर्ने बताएका छन्।

२०७२ भदौ २५ गते महोत्तरीमा आन्दोलनका क्रममा घाइते भएका सशस्त्र प्रहरीका असई विकलाई उपचारका लागि लैजाँदै गर्दा बाटोमा उनको मृत्यु भएको घटनालाई लिएर लामो समयदेखि मुद्दा चलिरहेको छ।







