Advertisement
ताजा खबर
सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर दुर्गा भवानीको गुञ्जियो जयजयकार, नवरात्रको पहिलो दिन एकडारामा भव्य कलश शोभायात्रासहित घटस्थापना बिधि सम्पन्न ११ वर्षपछि गाउँब्लकवासीले पाए लालपुर्जा, एकडारामा २५० जग्गाधनीलाई वितरण दिग्गज बलिउड अभिनेता नाना पाटेकरको निधन चाडपर्व लक्षित महोत्तरीमा सुरक्षाब्यवस्था कडा , सीमामा २४ घण्टा निगरानी बजार अनुगमनको शैलीप्रति जलेश्वरका व्यवसायी असन्तुष्ट, अनुगमन कि व्यवसायीमाथि दबाब <

☰

रोकिएको भूमि अध्यादेश प्रधानमन्त्रीको प्रतिबद्धतापछि जारी

प्रतिक्षा खबर
२०८१ माघ २, बुधबार १८:२८

२ माघ, काठमाडौं । मन्त्रिपरिषद्‌बाट सिफारिस भएकामध्ये चार वटा अध्यादेश जारी भएको तीन दिनपछि राष्ट्रपति कार्यालयले भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन अध्योदश–०८१ जारी गरेको छ ।

गत २९ पुसमा अरु अध्यादेश जारी हुँदा राष्ट्रपति कार्यालयले यो अध्यादेश रोकेको थियो । वन र राष्ट्रिय निकुञ्जको जग्गा भूमिहीनलाई लालपुर्जासहित बाँड्ने व्यवस्था राखिएको भन्दै यो अध्यादेश राष्ट्रपति कार्यालयले रोकेको थियो ।

तर प्रधानमन्त्री केपी शर्मा ओलीले एकपटकलाई मात्र लालपुर्जा दिने राष्ट्रपतिसँग प्रतिबद्धता जनाएपछि अध्यादेश जारी गरिएको शीतलनिवास स्रोतले जनाएको छ ।

ती स्रोतका अनुसार अध्यादेशलाई संसद्‌बाट प्रतिस्थापन गर्ने विधेयक ल्याउँदा प्रधानमन्त्रीले यसको प्रतिबद्धता गर्ने र कमजोरी भए सुधार्ने उनले बताएका छन् ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर