Advertisement
ताजा खबर
जलेश्वरमा अमरेशविरुद्ध रास्वपाका कार्यकर्ताको नाराबाजी आशा भोसलेको निधन रास्वपालाई प्रचण्डको चेतावनी- संविधानमाथि छेडखानी भए सडक र सदनबाट प्रतिवाद गर्छौं इस्लामावाद शान्तिवार्ता सुरु : सन् १९७९ पछि पहिलो पटक अमेरिका-इरानबीच उच्चस्तरीय संवाद उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित महाेत्तरी क्षेत्र नं४ बाट निर्वाचित गौरी यादव बनिन् उद्योगमन्त्री दुई नयाँ मन्त्री थपिए : उद्योगमा गौरीकुमारी र श्रममा रामजी नियुक्त सीमा क्षेत्रमा रहेको मन्दिरमाथि तनाव: भारतीय पक्षको ‘अल्टिमेटम’पछि स्थानीयको चिन्ता बढ्यो पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि, ग्यासको मूल्य पनि बढ्यो हाजरी जमानिमा छुटे पुर्बप्रधानमन्त्री ओलि

जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न युनेस्को टोलीसँग छलफल

प्रतिक्षा खबर
२०८२ मंसिर २२, सोमबार १९:५९
ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको जनकपुरधामस्थित जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने विषयमा युनेस्कोको अध्ययन टोलीसँग मन्दिर परिसरमै विस्तृत छलफल भएको छ। जानकी मन्दिरको निरीक्षण तथा मूल्याङ्कनका लागि खटिएको युनेस्को टोली र मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दास वैष्णवबिच आइतबार छलफल भएको हो।

छलफलका क्रममा टोलीले मन्दिरको ऐतिहासिक महत्त्व, वास्तुशिल्प, मौलिकता, संरक्षणको वर्तमान अवस्था तथा भविष्यमुखी योजनाबारे जानकारी लिएको थियो।

युनेस्को टोलीले सम्पदाको दिगो संरक्षण सुनिश्चित गर्न आवश्यक पूर्वाधार, व्यवस्थापन प्रणाली, सरसफाइ, पर्यटक व्यवस्थापन लगायतका विषयमा प्रत्यक्ष अवलोकन गरेको जनाइएको छ।

भेटका क्रममा उत्तराधिकारी महन्त दासले युनेस्को टोलीसँगको छलफललाई ऐतिहासिक माइलस्टोन का रूपमा उल्लेख गरे। उनले जानकी मन्दिर केवल धार्मिक केन्द्र मात्र नभई मिथिला संस्कृतिको जीवित सभ्यता भएको बताए।

महन्त दासले भने, “जानकी मन्दिरको मौलिकता, वास्तुकला र आस्थालाई अन्तर्राष्ट्रिय मान्यता दिलाउन विश्व सम्पदा सूचीमा सूचीकृत हुनु अत्यन्त आवश्यक छ। यसका लागि हामी संस्थागत तयारी, अभिलेखीकरण, संरक्षण र व्यवस्थापन सुधारका सबै पहलमा प्रतिबद्ध छौँ।”

उनका अनुसार मन्दिर व्यवस्थापन समितिले संरचनागत संरक्षण, क्षेत्र व्यवस्थापन, पर्यटक प्रवाह व्यवस्थापन तथा सांस्कृतिक सम्पदाको दिगोपनालाई केन्द्रमा राखी हालै विभिन्न योजना अघि सारेको छ। विश्व सम्पदा सूचीमा सूचीकृत भएमा जनकपुरधामको अन्तर्राष्ट्रिय पर्यटन, आर्थिक गतिविधि तथा मिथिला संस्कृतिको विश्वव्यापी पहिचान अझ सुदृढ हुने विश्वास उनले व्यक्त गरे।

युनेस्को टोलीले आवश्यक कागजात, ऐतिहासिक प्रमाण, संरक्षण योजना र भौतिक अवस्थाको थप अध्ययनपछि अन्तिम प्रतिवेदन तयार पार्ने जनाइएको छ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर