Advertisement
ताजा खबर
शेख हसिनाको ९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफत थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी

सामुदायिक रेडियाे प्रसारक सङ्घकाे अध्यक्षमा अर्जुन गिरी निर्वाचित

प्रतिक्षा खबर
२०७७ फाल्गुन २७, बिहीबार १२:३०

सामुदायिक रेडियोको छाता सङ्गठन सामुदायिक रेडियाे प्रसारक सङ्घ (अकोराब) को अध्यक्षमा अर्जुन गिरी निर्वाचित हुनुभएको छ । प्रतिद्वन्द्वी कपिलदेव खनालले १४ मत ल्याउँदा विजयी भएका गिरीले एक सय ६१ मत ल्याउनुभएकाे हाे । खसेकामध्ये तीन मत बदर भएकाे अकाेराबले जनाएकाे छ ।
काठमाण्डाैमा सम्पन्न अकोराबको पन्ध्राैँ साधारण सभा तथा साताैँ अधिवेशनले गिरी अध्यक्ष रहने गरी ३२ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
नयाँ कार्यसमितिकाे वरिष्ठ उपाध्यक्षमा विष्णु अवस्थी, मधेशी उपाध्यक्षमा निमेष कर्ण, महिला उपाध्यक्षमा वन्दना दनुवार, जनजाति उपाध्यक्षमा मिलन गाहामगर र दलित उपाध्यक्षमा भुवन सिंह निर्वाचित भएका छन् ।
यस्तै महासचिवमा किशोरजंग थापा, सचिवमा सुदर्शन खतिवडा र कोषाध्यक्षमा सरोज पौडेल चुनिएका छन् । अध्यक्षबाहेक अन्य पदमा सर्वसम्मतिले चयन गरिएकाे नवनिर्वाचित सचिव सुदर्शन खतिवडाले जानकारी दिनुभयाे ।
नेपालमा तीन सय ५० भन्दा धेरै सामुदायिक रेडियो रहेका छन् ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर