Advertisement
ताजा खबर
महाेत्तरीकाे जलेश्वरबाट फरार अभियुक्तलाई सांसद हरि ढकाल र रास्वपा कार्यकर्ताले भगाए, समात्न गएकाे प्रहरी रित्ताे हात फर्किए वीरगञ्जका मेयर सिंहसहित ७ जनाले पाए सफाइ जनप्रतिनिधिबीच भागबन्डा नमिल्दा अझै भएन बजेट पारित जनकपुरमा अग्रगामी मोर्चाको भेला : संघीयता, समानुपातिक प्रतिनिधित्व र मधेश अधिकारका लागि संघर्ष गर्ने उद्घोष महोत्तरीमा युवकको हत्या सेफ्टी ट्यांकीमा भेटियो शव, प्रधानमन्त्री राहत कोषमा १२ अर्ब ६३ करोड संकलन दल खोल्दै र छोड्दै रास्वपा पुगेका दीपक साह बने उद्योग मन्त्री अस्पतालले भर्ना लिएन, बबिताले फुटपाथमै बच्चा जन्माइन् उद्योगमन्त्री यादवले दिइन् राजीनामा औरही नगरपालिकाद्वारा ४० जना छात्रालाई साइकल वितरण

भूकम्पबाट मृत्यु हुनेको संख्या १८० नाघ्यो, उद्धारकार्य जारी

प्रतिक्षा खबर
२०८३ श्रावण २७, बुधबार ०८:३१

२७ साउन, काठमाडौं । कोलम्बियामा गएको शक्तिशाली भूकम्पपछि उद्धार तथा खोजी कार्य अझै जारी छ । उद्धारकर्मीहरू भग्नावशेषमा फसेकाहरुको खोजी र उद्धारका लागि दिनरात खटिरहेका छन्।

पछिल्लो जानकारी अनुसार भूकम्पमा परी १८० भन्दा बढीको मृत्यु भएको पुष्टि भएको छ। सबैभन्दा बढी क्षति काली र पेरेरा सहरमा भएको त्यहाँका सञ्चार माध्यमहरुले जनाएका छन् ।

गत सोमबार बिहान ७ः३४ बजे ७.४ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पका धक्का पश्चिमी कोलम्बियाका सयौं माइल टाढासम्म महसुस गरिएको थियो । मंगलबार पनि भूकम्पपछि आउने परकम्पहरू महसुस भएका थिए।

सरकारी तथ्यांकअनुसार मृतकको संख्या १८१ पुगेको छ । तर, स्थानीय अधिकारीहरूले उपलब्ध गराएको तथ्यांकसमेत जोड्दा मृत्यु हुनेको संख्या २४० भन्दा बढी हुन सक्ने समाचार संस्थाहरुले जनाएका छन् । राष्ट्रपति अबेलार्डो डे ला एस्प्रिएलाले देशमा आपत्काल घोषणा गरेका छन् ।

राष्ट्रपति मंगलबार सबैभन्दा बढी प्रभावितमध्ये एक पेरेरा सहर पुगेका थिए। त्यस क्रममा उनले भूकम्पमा परी करिब २ हजार ६ सय जना घाइते भएको र झन्डै २ सय जना अझै बेपत्ता रहेको जानकारी दिए।

उनका अनुसार भूकम्पमा १ हजार १ सयभन्दा बढी घर पूर्ण रूपमा ध्वस्त भएका छन् भने ८ हजारभन्दा बढी घरमा क्षति पुगेको छ ।

सोमबार रातिदेखि मंगलबार बिहानसम्म पेरेरा र कालीलगायतका सहरमा धेरै मानिसले खुला आकाशमुनि रात बिताएका थिए। केही मानिसका घर पूर्ण रूपमा ध्वस्त भएका थिए भने कतिपयले भवनहरू पुनः भत्किन सक्ने डरका कारण घरभित्र प्रवेश गरेका थिएनन्।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर