Advertisement
ताजा खबर
सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर दुर्गा भवानीको गुञ्जियो जयजयकार, नवरात्रको पहिलो दिन एकडारामा भव्य कलश शोभायात्रासहित घटस्थापना बिधि सम्पन्न ११ वर्षपछि गाउँब्लकवासीले पाए लालपुर्जा, एकडारामा २५० जग्गाधनीलाई वितरण दिग्गज बलिउड अभिनेता नाना पाटेकरको निधन चाडपर्व लक्षित महोत्तरीमा सुरक्षाब्यवस्था कडा , सीमामा २४ घण्टा निगरानी बजार अनुगमनको शैलीप्रति जलेश्वरका व्यवसायी असन्तुष्ट, अनुगमन कि व्यवसायीमाथि दबाब <

☰

बारा २ मा जसपालाई सहयोग गर्ने देउवाको वचन

प्रतिक्षा खबर
२०७९ चैत्र ११, शनिबार २१:४४

११ चैत, काठमाडौं । नेपाली कांग्रेसले १० वैशाख २०८० मा उपनिर्वाचन हुने बारा–२ मा जनता समाजवादी पार्टीलाई सहयोग गर्ने भएको छ ।
शनिबार भएको पदाधिकारी बैठकमा सभापति शेरबहादुर देउवाले बारा–२ मा जसपालाई सहयोग गर्ने वचन दिइसकेको ब्रिफिङ गरेका एक पदाधिकारीले बताए ।
बारा–२ बाट प्रतिनिधिसभामा निर्वाचित रामसहाय प्रसाद यादव उपराष्ट्रपति निर्वाचित भएपछि त्यहाँ प्रतिनिधिसभा सदस्य पद रिक्त छ । यसअघि ४ मंसिरमा भएको निर्वाचनमा पनि बारा–२ मा कांग्रेसले आफ्नो उम्मेदवार उठाएको थिएन । माओवादी केन्द्रका शिवचन्द्र कुशवाहलाई समर्थन गरेको थियो ।
उपनिर्वाचन हुने चितवन–२ र तनहुँ–१ मा भने कांग्रेसले सोमबार उम्मेदवार तय गर्ने एक पदाधिकारीले बताए । चितवन–२ मा यसअघि कांग्रेसका उमेश श्रेष्ठ राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेसँग पराजित भएका थिए भने तनहुँ–१ मा कांग्रेसबाटै रामचन्द्र पौडेल निर्वाचित भएका थिए ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर