क्रिकेट एशोसिएशन नेपाल (CAN) को सहयोगमा जारी ‘महोत्तरी जिल्ला म्युनिसिपालिटी लेभल क्रिकेट टुर्नामेन्ट २०८३’ को उद्घाटन खेलमा महोत्तरी डिस्ट्रिक्ट XI ले विजयी सुरुवात गरेको छ।
श्री रा. सा. मा. वि. स्कूल क्रिकेट ग्राउण्डमा आज भएको रोमान्चक भिडन्तमा महोत्तरी डिस्ट्रिक्ट XI ले सोनमा गाउँपालिका क्रिकेट टिमलाई ६ विकेटले पराजित गरेको हो।गाउँपालिकाका अध्यक्ष विशेश्वर प्रसाद यादवबाट भव्य बिदाइ पाएर मैदान उत्रिएको सोनमा गाउँपालिकाले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरे पनि बलियो योगफल खडा गर्न सकेन।साेनमा गाउँपालिकाले १२.१ ओभरमा आफ्ना सबै विकेट गुमाउँदै मात्र ८२ रन बनाउन सक्यो। सोनमाका लागि नितेश यादवले १७ बलमा २७ रन र अरुण साहले १० बलमा १३ रन जोडे भने मुकेश यादवले ३ बलमा आक्रामक १० रन बनाए।सोनमालाई सस्तोमा समेट्न महोत्तरी डिस्ट्रिक्ट XI का घातक बलर मोहम्मद ओजैर अन्सारी ले जादुमयी बलिङ गरे। उनले मात्र २.१ ओभरमा ९ रन खर्चेर ५ महत्वपूर्ण विकेट लिँदै खेलको दिशा नै बदलिदिए। त्यस्तै निखिल मिश्रले २ र मोहित चौधरीले १ विके लिए । ८३ रनको सामान्य विजयी लक्ष्य पछ्याएको महोत्तरी डिस्ट्रिक्ट XI ले १५.३ ओभरमा ४ विकेट गुमाउँदै ८५ रन बनाएर लक्ष्य पुरा गर्यो। उसका लागि आदित्य प्रसाद मिश्रले १७ बलमा २४ रन, सतीश यादवले १७ रन र निखिल मिश्रले अविजित १५ रनको योगदान दिए।बलिङतर्फ सोनमाका अरुण साहले ४ ओभरमा १४ रन खर्चेर २ विकेट लिए पनि टोलीलाई जिताउन सकेनन्।
यस्तै मुकेश यादव र दिपेश यादवले समान १-१ विकेट लिए।मोहम्मद ओजैर ‘म्यान अफ द म्याच’घातक बलिङ गर्दै ५ विकेट लिएका महोत्तरी डिस्ट्रिक्ट XI का मोहम्मद ओजैर अन्सारी खेलको हिरो (म्यान अफ द म्याच) घोषित भए।
हेड कोच अशोक कुमार यादव र टिम म्यानेजर घर्मेन्द्र कुमार यादवको रणनीतिका साथ मैदान उत्रिएको सोनमाले पहिलो खेल गुमाए पनि अब असार ८ गते दिउँसो १:०० बजे हुने गौशाला नगरपालिका विरुद्धको दोस्रो खेलमा बलियो पुनरागमन गर्ने अपेक्षा गरिएको छ।






